१३ असार, बाग्लुङ ।
शनिबार बाग्लुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान बागलुङका २ पालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । प्रदेश क्षयरोग केन्द्रमा गरिएको नमूना परीक्षणमा बाग्लुङको काठेखोला गाउँपालिकाका ७ जना र ढोरपाटन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
निर्देशक शर्माले विहान विज्ञप्ती प्रकाशित गरि बाग्लुङको काठेखोला गाउँपालिकाका २०, २६, ५०, ३५, २९, २९, २६ वर्षका ७ जना पुरुष र ढोरपाटन नगरपालिकाका २५ वर्षका १ जना पुरुष गरि ८ जनामा कोभिड–१९ पुष्टि भएको जानकारी दिए । संक्रमितहरु सबै भारतबाट आएर पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् ।
यो सँगै बाग्लुङमा कोरोना संक्रमितको संख्या १ सय ५० पुगेको छ । त्यसमध्ये २४ जना निको भएर घर फर्किएका छन् । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।