बाग्लुङमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय ५० पुग्यो

१२ असार ७७, शनिबार

१३ असार, बाग्लुङ ।
शनिबार बाग्लुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान बागलुङका २ पालिकाका ८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । प्रदेश क्षयरोग केन्द्रमा गरिएको नमूना परीक्षणमा बाग्लुङको काठेखोला गाउँपालिकाका ७ जना र ढोरपाटन नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

निर्देशक शर्माले विहान विज्ञप्ती प्रकाशित गरि बाग्लुङको काठेखोला गाउँपालिकाका २०, २६, ५०, ३५, २९, २९, २६ वर्षका ७ जना पुरुष र ढोरपाटन नगरपालिकाका २५ वर्षका १ जना पुरुष गरि ८ जनामा कोभिड–१९ पुष्टि भएको जानकारी दिए । संक्रमितहरु सबै भारतबाट आएर पालिकाहरुले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् ।

Advertisement

यो सँगै बाग्लुङमा कोरोना संक्रमितको संख्या १ सय ५० पुगेको छ । त्यसमध्ये २४ जना निको भएर घर फर्किएका छन् । संक्रमितलाई आइसोलेसनमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top