×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

कोरोना जन्तर प्रकरणमा बियोन्डले भन्यो- हामीले आयात गरेको होइन

१४ असार २०७७

१४ असार, काठमाडौँ ।
कोरोना भाइरस भगाउने जन्तर (भाइरस रिमुभिङ कार्ड) वितरण गर्ने बियोन्ड द वालट्रेडिङ प्रालिले कोरोना जन्तरको आयात आफुले नगरेको स्पस्टिकरण दिएको छ । कम्पनीका सञ्चालक विप्लब केसीले आफ्नो नाम जोडिएर आयात गरिएको हाल्ला बजारमा आएको तर आफ्नो कम्पनीले विक्री वितरणका लागि मार्केटिङ मात्र गरेको बताए ।

उनले कुनै अर्को फर्मले आयात गरेको समानलाई आफुले विक्री वितरण गरेको स्पस्ट पारे । उनले कार्डले मानव स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा आफुलाई कुनै थाहा नभएको र आयातित वस्तु सर्टिफाइड प्राप्त हो कि होइन भन्ने हेरेर मात्रै विक्री वितरण गरिएको बताउनुभयो । उनले भने ‘म डक्टर पनि होइन्, म साइन्टिस्ट पनि होइन म त एउटा व्यापारि हुँ । मलाई यसमा सर्टिफिकेसन के छ यो एफटिए एप्रुभ हो कि होइन भन्ने कुरा मैले सोधे, एउटा के क्लियर हो भने यो बियोन्ड द वल्र्ड ट्रेडिङ्ले आयात गरेको भन्ने कुरा आइराखेको छ । त्यहाँ अलिकित मिसलिड भएको देखेको छु अनि अलिकित कन्फ्युजन पनि भयो होला सायद मैले बोलेका मिडियाहरुमा । मैले सामानहरु आयात गरिएको छैन् । यो अर्को पार्टीले गरेको अर्को पार्टी भनेको अर्को फर्म हो । मैले मेरो नाम जोडिएर अहिले सम्म चाइनाबाट केहीपनि आयात गरेको छैन् । ’

अमेरिकी सर्टिफिकेट फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए) र युरोपियन युनियनले दिएको सर्टिफिकेट रेष्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन (आरओएजएस) लगायतका सर्टिफिकेट उपलब्ध भएपछि मात्रै मार्केटिङ गरी विक्री वितरण गरेको केसीले स्पस्ट पारे । उनले भने ‘एफडिए फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेसन यो अमेरिकी सर्टिफिकेट र आरओएजएस रेस्ट्रिक्सन अफ ह्याजरेस सबस्ट्राक्सन युरोपियन युनियनले दिएको सर्टिफिकेट आयातकर्ताले उपलब्ध गराएको हुँदा यसको मार्केटिङ गरिएको बताए । ’

जन्तरले कोरोना भगाउने नभई स्यानिटाइजरले हात सफा गरे जस्तै हावालाई स्यानिटाइज गर्ने काम गर्ने रहेको समेत केसीले स्पष्ट पारे । उनले देश बाहिरको बजारमा चलनचल्तिमा आएको वस्तुलाई नेपालीहरुको पहुँचमा समेत होस भन्ने उद्देश्यले मार्केटिङ गरिएको बताए । उनले भने–‘बाहिरतिर चलनचल्तीमा आएको चिज रैछ । नेपालीको किन यसमा पहुँच नपु¥याउने भनेर हामीले यसको मार्केटिङ ग¥यौं । मार्केटिङ्मा बाहिर मार्केटमा भनेको जस्तो कोरोना भाइरस रिमुभिङ कार्ड भनेर गरेका पनि छैनौं । त्यो सहि कुरा पनि हैन् । भाइरस रिमुभिङ कार्ड भनिसकेपछि यसमा भएको केमिकल क्लोरिङ डाइअक्साइड अनि अरु दुई तीनवटा छन् । भाइरसलाई डिस्ट्रोएड गर्ने क्षमता राख्दछ भन्ने कुराचाहिं यो आएको छ ।’ आयात भइसकेको वस्तु सर्टिफाइड छ भने वितरण गर्न पाइन्छ भन्ने भएर नै बजारमा ल्याइएको उनले स्पस्ट पारे ।

उनले यो कार्डले मुटु, फोक्सो लगायतमा असर गर्छ भन्ने कुरा बजारमा आएको र त्यो सत्य नभएको बताए । केही हदसम्म असर गर्ने भएपनि मापदण्ड भन्दा माथि नभएको स्पष्ट पारे । उक्त कार्ड ६ सय रुपैयाँमा किनेर ६ सय २५ रुपैयाँदेखि ७ सय रुपैयाँ सम्ममा विक्री गरेको उनले बताए । उक्त कार्डमा क्लोरिन डाइअक्साइड, जियोलाइट, ग्यासस्टेन्ट रिलिजड लगायतका केमिकलहरु प्रयोग भएको बताए । बजारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बिना विक्री वितरण गरेको भन्ने विषयमा भने केसीले आयात गर्ने बेलामा नरोकेर विक्री वितरण गर्ने बेलामा रोक्न खोज्नु उचित नभएको बताए ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top