×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कामलाई नतिजामुखी बनाउन मन्त्री भट्टराईको निर्देशन

१४ असार २०७७

१४ असार, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी आव २०७७/७८ को योजना कार्यक्रमलाई नतिजामुखी बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । एसएमटी (सिनियर मेनेजमेन्ट टिम) को बैठकलाई आज सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको सुरुआतबाटै मन्त्रालयका काममा आफैं सक्रिय ‘प्रोएक्टिभ’ भएर लाग्न आग्रह गरे ।

Advertisement
Advertisement

उनले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने पनि चेतावनी दिए । उनले भने– ‘अहिल्यै मैले पूर्वसूचना गरेको छु । साउन महिनाबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौँ । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै उनले भने– ‘तपाइँहरुले पनि सचिवसँग कार्यसम्पादनको सम्झौता गर्नुपर्छ । उक्त सम्झौताअनुसार काम भए/नभएको हेरेर कसैमाथि पूर्वाग्रह नराखी पुरस्कृत र कार्वाही जे गर्नुपर्ने हो त्यो गरिन्छ ।’

हरेक एक वर्षमा कक्षा चढेजस्तै आफूहरुको पनि एउटा कक्षा चढ्ने बेला आएको उल्लेख गर्दै मन्त्री भट्टराईले मन्त्रालयले राम्रो अङ्कका साथ कक्षा उत्तीर्ण हुनैपर्ने बताए । चालू वर्षमा सम्पन्न हुन बाँकी काम पनि १५ दिनभित्र गर्न र प्रत्येक हप्ता हरेक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने व्यवस्था मिलाइने उनले उल्लेख गरे । उनले कोभिड–१९ पछि सबै विमानस्थलहरु सञ्चालन गर्ने गरी प्रोटोकलको पूर्वतयारी गर्न,होटल तथा रेष्टुरेष्ट व्यवसाय सञ्चालनका लागि जारी भएको प्रोटोकलको कार्यान्वयन र अनुगमन गर्न पनि सम्बन्धित महाशाखा/निकाय प्रमुखलाई निर्देशन दिए ।

Advertisement

पर्यटन मन्त्रात्रालय मातहत राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका पाँचवटा आयोजना छन् । भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति विकास कोष र लुम्बिनी विकास कोष रहेका छन् । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख तथा मातहत निकायका प्रमुखहरुको सहभागिता थियो ।रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top