×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

१५ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(दिनहुँ बढ्दो त्रास)
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो /सोमबार ४ सय ७६ जना कोरोना संक्रमित थपिएसंगै हालसम्म १३ हजार २ सय ४८ जना संक्रमित /३ हजार १ सय ३४ जना निको भए ।

Advertisement

२.(चेकजाँच बढ्दैछ)
सोमवारसम्म पीसीआरबाट २ लाख २३ हजार ६ सय ३० र आरडिटीबाट २ लाख ९७ हजार ८ सय ७१ जनाको नमुना परीक्षण /देशभर ५७ हजार ३ सय ६८ जना क्वारेन्टीनमा /१० हजार ८५ जना आइसोलेसनमा ।

३.(उपत्यका प्रवेशको शर्त)
अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय / हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने ।

४.(को हो भेदी ?)
चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदनका विषयमा अनुसन्धान जारी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई/ तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याइने /सगरमाथाको उचाई चीनसँगको कुराकानी पछि सार्वजनिक गरिने ।

५.(कांग्रेसको कसरत)
आफूलाई भारतले हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे नेकपाले प्रष्ट्याउनु पर्ने नेपाली कांग्रेसको भनाई /कोरोनासँग जुध्न सरकार असफल भएपछि जनताले परिवर्तन खोजेको उल्लेख ।

६.(अवसर बढाईयोस्)
कोरोनाको प्रकोपले शिक्षा क्षेत्रमा चुनौतीसँगै अवसरको विकास गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको भनाई /सबै विद्यार्थीमा समान पहुँच पु¥याउने विधि, रणनीति र तरिकाहरु अबलम्बन गर्न जरुरी रहेको उल्लेख ।

७.(प्राथमिकतामा सीमा)
सरकारले सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै /देशभर १ सय ३२ स्थानमा चौकी स्थापना /पहिलो चरणमा २ सय २१ स्थानमा चौकी स्थापना गर्नेक्रमअन्तर्गत अझै ८९ स्थानमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता ।

८.(सभापतिको भिटो ?)
सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र सत्तारुढ नेकपाका केही सांसदहरूको असहमतिका बीच संघीय निजामती विधेयक राज्यव्यवस्था समितिबाट पारित / विधेयकमा अहसमति जनाउँदै नेकपाका केही सांसदहरूद्वारा सभापतिसँग जवाफ माग ।

९.(कलियुगको कथा)
मकवानपुरमा घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको हत्यामा संलग्न भएको आरोपमा सासु, ससुरा र दुईजना नन्दलाई पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक / बुहारीकै कारण छोराको मृत्यु भएको आरोपमा पैसाका लागि बलात्कार प्रयास र हत्या गरेको खुलासा ।

१०.(औपचारिकतामा धान दिवस)
आज असार १५, कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच पनि विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइयो /यस वर्ष असार १५ सम्म २२ प्रतिशत मात्रै धान रोपाई ।

११.(खोकनाको लफडा)
सुडोल फाँटमा रोपाइँ गर्न प्रहरीले अवरोध गरेपछि खोकनावासी र प्रहरीबीच विवाद /सरोकारवालासँग छलफल नै नगरि एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको र मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध ।

१२.(सलहले सतायो)
कपिलवस्तुको तीन नगरपालिकामा करिब १० लाखभन्दा धेरै संख्याको सलहको ठूला झुण्डहरू फेला /सलहको झुन्डहरु देखिने र हराउने गर्न थालेपछि किट वैज्ञानिकहरु झुन्डको ट्रेसिङ गर्दै ।

१३.(नेप्सेबाट निराश)
लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घट्यो / नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द ।

१४.(किन्ने होइन बेच्ने)
सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि गहना खरिद गर्ने भन्दा विक्री गने बढे/ सुनको मूल्य सोमबार अहिलेसम्मकै उच्च प्रतितोला ९१ हजार ३ सय र चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा तोकियो ।

Advertisement

र,
१५.(कोरोना तथ्याङ्क)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ४ हजार बढी संक्रमितको मृत्यु ÷एक करोड २ लाख बढी संक्रमित / ५५ लाख ७३ हजार बढी निको भए ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top