×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

मृत्युलाई जितेर आउनेहरुले पार्टी विभाजनतर्फ जानु हुँदैनः योगेश भट्टराई

१७ असार २०७७

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटामार बुधबार बिहान प्रधनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले केही मन्त्री र पार्टीका स्थायी कमीटी सदस्यहरुलाई बोलाइ स्थायी कमिटीमा देखिएको विवादका विषयमा छलफल गरेका थिए । छलफलमा सहभागि भएका नेताहरुले पार्टीमा ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पहलकदमी लिन सुझाव दिएको मन्त्री भट्टराईले बताए ।

Advertisement
Advertisement

उनले भने ‘यो अहिले जुन पार्टी भित्र ब्लेम गेम चलिरहेको छ प्रोक्सी वार चलिरहेको छ यो ब्लेम गेम र प्रोक्सीवारलाई अन्त्य गर्नुप¥यो भन्ने सुझाव हामी सबैले राखेका छौं । घटनाक्रमहरु हेर्दा पार्टीको उच्च नेतृत्वतहमा एउटा चरम संकट खासगरी विश्वासको संकट उत्पन्न भएको देखिन्छ त्यस सन्दर्भमा हामीले भन्यौं यसको समाधान पनि तपाईहरुले आपसि सम्बाद र विमर्स बाहेक अन्यत्र खोज्न सकिदैन् । त्यसैले दुईवटा अध्यक्षको बिचमा एउटा राम्रो हार्दिक सम्बन्ध हुनुप¥यो । पार्टीको सचिवायलमा राम्रो सम्बन्ध हुनुप¥यो । स्थायी कमिटिको बिचमा सम्बन्ध हुनुप¥यो । र सिंगो केन्द्रीय कमिटी र पार्टी पंङ्तिमा एउटा हार्दिक भावना विकास हुनुप¥यो त्यसका निम्ती पार्टी अध्यक्ष र प्रधानमन्त्रीको रुपमा तपाईले नै ज्यादा पहलकदमी लिनुप¥यो भनेका छौं ।

उनले स्थायी कमिटीको बैठकलाई केही दिन रोकेर भएपनि सचिवालय बैठकमा छलफल गरी एउटा साझा धारणा बनाएर आउन समेत सुझाव दिइएको बताए । उनले विभिन्न कालखण्डमा मृत्युलाई जितेर आएका नेताहरुले समस्या हल गर्न नसक्ने र विभाजन तिर जाने हो भने इतिहासले लखेट्ने भएकाले सहमति र एकतालाई सुदृढ बनाएर जान सुझाव दिइएको बताए ।

उनले भने ‘यतिधेरै मृत्युलाई जितेर आउने नेताहरुले आजका यि साना तिना समस्याहरुलाई हल गर्न सकिदैन र हामी विभाजनतिर जान्छौं भन्ने हो भने तपाईहरुको योग्यता माथि गम्भिर प्रश्न उठछ । तपाईहरुलाई खालि कार्यकर्ताले मात्रै प्रश्न उठाउँदैनन जनताले प्रश्न उठाउँछन इतिहासले प्रश्न उठाउँछ र तपाईहरुको मृत्यु पछि पनि तपाईहरुको जीवन पछि पनि इतिहासले तपाईहरुलाई लखेटिरहन्छ । यो कदम कुनैपनि हालतमा नेकपालाई सैह्य हुँदैन । तपाईहरु सचेत हुनुप¥यो सम्बाद गर्न प¥यो छलफल गर्नुप¥यो समाधान निकाल्नुप¥यो त्यसमा हाम्रो सहयोग कहिं चहिन्छ भने हामीलाई बोलाउनुहोस भनेका छौं ।

मन्त्री भट्टराईले एकपल्ट आ–आफ्नो इतिहास पढेर समाधान निकाल्न तर्फ ध्यान दिन समेत आग्रह गरिएको बताए ।

उनले भने ‘एकपल्ट नेताहरुले आफ्नो इतिहास पढ्नुप¥यो । आफैलाई बुझ्नुप¥यो आफु कसरी आइयो कुन जगबाट आइयो कसरी सिंहदरबारमा शासन गर्न आइपुगियो कसरी पार्टीको अध्यक्ष भइयो वरिष्ठ नेता भइयो त्यो एकपल्ट वहाँहरुले आफ्नो इतिहास खोतल्नुभयो भने समाधान निस्किन्छ अनि अर्काका दुख अर्काका पिडा पनि वहाँहरुले बुझ्नु भयो भने फेरी हामी एकैठाउँमा हुन्छौं ।

उनले हिजोको बैठकमा नेताहरु प्रतुत भए अनुसार वरिष्ठ नेताहरुको बिचमा नै आरोप प्रत्यारोप भएको स्पस्ट भइसकेको बताए । यसले पार्टीलाई संवेदनशिल बनाएकोले देशभरका कार्यकर्ताहरु स्तब्ध भएको बताए ।

उनले भने ‘हिजोको बैठकमा कार्यसूचिको अलवा अहिलेका केही ज्वलन्त विषयहरुमा छलफल भयो । त्यो छलफलको क्रममा मुलतः पार्टीका वरिष्ठ नेतारुको बिचमा नै पार्टीका दुईवटा अध्यक्षको बिचमा वरिष्ठ नेताहरुको बिचमा र अरु स्थायी कमिटीका साथिहरुको बिचमा आरोप प्रत्यारोप गर्ने काम भयो र त्यसले बैठकलाई धेरै संवेदनशिल पनि बनायो र सिंगो देशभरका पार्टी सदस्यहरु स्तब्ध भए नेपाली जनता स्तब्ध भए । यो अवस्थामा अव पार्टीलाई कसरी अगाडि बढाउने र हिजोको बैठकको सिन हेर्दाखेरी नेकपा एउटा निकै नै आन्तरिक हिसाबले संकटमा छ भन्ने कुरा सहजरुपमा बुझिन्छ ।

मन्त्री भट्टराईले समस्याको समाधान पार्टी आफैले गर्न सक्नुपर्ने बताए । अहिले उठेका समस्याहरुलाई हल गर्दै नयाँ जगमा फेरी पार्टीलाई एकतावद्ध बनाउनु पर्ने सुझाव दिएको उनले बताए । उनले पार्टी र सरकारको बिचमा एकदमै समन्वायत्मक र घनिस्ट सम्बन्ध स्थापित हुनु प¥यो । सरकारले पर्टीलाई सहयोग गर्नुप¥यो र पार्टीले सरकारको अपनत्व लिनुप¥यो भन्ने सुझाव दिइएको बताए । उनले सचिवालय बैठकमा छलफल गर्न र समाधान निकालेर प्रस्ताव ल्याउन सुझाव दिईको बताए । उनले वरिष्ठ नेताहरुले तातो दिमागले नभई सबैले टाउकोमा बरफ राखेर छलफल गर्न समेत सझाव दिइएको बताए ।

उनले भने ‘स्थायी कमिटीको आजको बैठकमा पनि हामी छलफल गर्छौं सचिवालयमा पनि अभैm राम्रो घनिभुत घोडा धसेर छलफल होस बरु नेताहरु अहिले कोरोना छ पाँचसात दिन अलि अलग्गै ठाउँमा बसेर छलफल गर्ने हो भने पनि त्यसरी छलफल गर्नप¥यो ठण्डा दिमागले तातो दिमागले त हुँदैन । एकपल्ट आफ्नो आफ्नो टाउकोमा बरफ राखेर छलफललाई अगाडि बढाउन प¥यो ।’

Advertisement

निर्वाचन आयोगमा एमाले नामको दल दर्ता भएको विषयमा दलदर्ता गर्ने स्वतन्त्रता सबै नागरिकलाई भएको तर आज जुन तहको छलफल बैठकमा हुँदै छ त्यो तहको वेटेज र ग्राभिटी राख्छ भन्ने विश्वास आफुलाई नलागेको मन्त्री भट्टराईले बताए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top