‘सरकार ! पैसा नहुनेहरु स्वदेश फर्कन नपाउने हो ?’

योगेन्द्र योगी
१८ असार, दोहा ।
सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन थाले यता अहिलेसम्म खाडी लगायत अन्य विभिन्न मुलुकबाट १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्।

कतारबाट अहिलेसम्म १ हजार ३३० जना नेपाली नागरिकहरु स्वदेश फर्किएका छन् भने फर्किनेहरु अधिकांश कम्पनीले टिकट काटिदिएका र आफूसँग पैसा हुनेहरु मात्र छन्।

केहि समय अघि पैसा हुनेहरु मात्रै स्वदेश फर्किन पाउने र वास्तविक पिडित चाहीँ फर्किन नसक्ने भए भन्दै कतारमा क्रियासिल संघ सस्थाहरुले आवज उठाएका थिए भने एनआरएनए कुवेतले बिज्ञप्तिनै निकालेर नेपाल सरकारले तोकेको भाडादर महँगो भएको र समस्यामा परेका नेपालीले महंगोमा टिकेट काट्न सक्दैनन् भनेको थियो ।

Advertisement

खान बस्नसमेत नभएर अलपत्र अवस्थामा पुगेका नेपाली श्रमिक भने अझसम्म स्वदेश फर्कन सकेका छैनन्। कोरोनाको कारण कम्पनी बन्द भएर विगत ४ महिनादेखि अन्य साथीहरुकोमा आश्रय लिएर दिन कटाइरहेका सिराहाका रामबाबु महतो भन्छन् – ‘के पैसा हुनेले मात्र हो स्वदेश फर्कन पाउने ?’

यता, तनहुँका कुमार गुरुङ्गको पनि समस्या उस्तै छ । विगत दुई वर्ष देखि युएईमा कार्यरत रहेका उनी कोरोनाका कारण कम्पनी बन्द भएपछि ४ महिना देखि कोठामै बस्न बाध्य छन् ।

Advertisement

युएईस्थित नेपाली दूतावासले उपलब्ध गराएको फारम भरेको र अहिलेसम्म पनि दूतावासले प्रकाशन गरेको सूचीमा आफ्नो नाम नपरेको उनले बताए । ‘नाम आए त कम्पनीले हवाई टिकेट दिन्छु भन्थ्यो नाम नै आएन ।’ उनले भने ‘मेरो जस्तै सामान्य अवस्था भएको साथीहरु धेरै छन् युएईमा । सरकारले तोकेको तेब्बर महँगो भाडाका कारण विदेशमै रोकिन बाध्य छन् । ’

यस्तै, बिगत पाँच बर्ष देखि कतारमा कार्यरत रहेका मोरङको सुन्दरहरैँचा निवासी दुर्गा प्रसाद कोइराला कोरोनो सुरु हुनु अघि नै टिकट लिएर घर फर्किने तयारी गरेका थिए ।

तर, कोरोनाको कारण फर्किन पाएनन् । अहिले तीन महिना देखि काम बिहीन भएर कोठामै बस्न बाध्य भएको तथा खानको समेत समस्या हुन् थालेको कोइराला बताए । उनका अनुसार आफू जस्तै टिकट लिएर बसेका धेरै नेपालीहरु समस्यामा रहेका छन् ।

कतारस्थित नेपाली दूतावासले प्रकाशन गरेको सूचीमा नाम परेकाहरुले पैसाको जोहो गरेरै भएपनि नियमित तिर्दै आएको भाडादर भन्दा दोब्बर तिरेर स्वदेश फर्किरहेका छन् । पैसा नभएर टिकट काट्न नसक्नेहरु भने खाडीमै निराश भएर बस्न बाध्य छन् ।

Advertisement

भर्खरको समाचार

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

सम्बन्धित समाचार

Scroll to Top