नेपाली सेनाका रथी रावल र महासेनानी खड्का सेवाबाट बर्खास्त

१८ असार, काठमाडौँ ।
नेपाली सेनाका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई नेपाली सेनाले पदबाट बर्खास्त गरेको छ । बुधबार बसेको समरी जनरल सैनिक अदालतले उनीहरुलाई अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञासम्बन्धी कसुर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको थियो । सोही फैसला अनुसार रथी रावल तथा महासेनानी खड्कालाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाले जनाएको छ । दुवैलाई सैनिक ऐन २०६३ बमोजिम कारबाही गरिएको बताइएको छ ।

नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने अवधारणामा प्रष्ट रहेको आज विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । साथै दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्य अनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेहरूलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा नेपाली सेना प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top