×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

संघीय संसदको बजेट अधिवेशन अन्त्य, यी हुन् संसदमा भएका मुख्य कार्यहरु

१८ असार २०७७

१८ असार, काठमाडौँ ।
संसद अधिवेशन बिहीबारदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् । बैशाख २६ गतेबाट सुरु भएको बजेट अधिवेशन बिहीबार अपराह्न ५ बजेटबाट अन्त्य भएको जानकारी राष्ट्रपतिले संघीय संसदलाई गराएकी छिन् ।

‘‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७ असार १८ गतेको सिफसिरिमा संघीय संसदको दुबै सदनको चालु अधिवेशन २०७७ असार १८ गते बिहीबारका दिन अपराह्न ५ बजेबाट अन्त्य गरेको छु ।’’ राष्ट्रपतिले संसदमा पठाएको पत्रमा उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

बिहीबार दिउँसो १ बजेट राष्ट्रियसभा बैठक चलिरहेकै बेला मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । अधिवेशन अन्त्य हुनेभएपछि राष्ट्रियसभाको दोस्रो बैठक आजै साढे २ बजे बसेको थियो । सो बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए । कोरोना संक्रमणको जोखिमकै बीच सुरु भएको बजेट अधिवेशनबाट सरकारले नीति तथा कार्यक्रम, बजेट र केही विधेयकहरु पारित गरेको छ ।

केही विवादित विषयहरु (एमसीसी, नागरिकता विधेयक र निजामति विधेयक) का विषयमा यहि अधिवेशनमा छलफल भएर टुंगो लाग्ने विश्वास गएिको थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभाका सभामुखसँग समेत कुनै परामर्श नगरी बैठक स्थगित गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक असार २२ गतेका लागि बोलाइएको थियो । संसद सचिवालयले सूचना जारी गर्दै आजबाट संसद अधिवेशन स्वत अन्त्य हुने भएकाले २२ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक समेत स्वतः अन्त्य भएको जानकारी गराएको छ ।

संसदको छैटौं (बर्षे) अधिवेशनबाट १० वटा विधेयकहरु पारित भएका छन् । संसदको कुल २६ वटा बैठक बसेको थियो । संसदले गरेका मूख्य कार्यहरुमा संविधान संसोधन विधेयक सर्वसम्मतीले पारित, विनियोजन विधेयक र आश्रीत विधेयकहरु पारित, कोरोना महामारीबाट बच्न अपनाइएको अभूतपूर्व सावधानी र चुस्त व्यबस्थापन, कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा पनि सदन सञ्चालन, कोरोना परिक्षण नगरिएका कसैलाई पनि प्रवेश नदिइएको, स्वास्थ्यका विषयमा विशेष सतर्कता अपनाईएको र कार्यव्यबस्था परामर्श समितिको बैठक मार्फत दलहरुसंग परामर्श रहेका छन् ।

२०७६ वैशाख २५ गते यता संघीय संसदले निर्वाह गरेको मुख्य कार्यहरु :

क. २०७७ बैशाख २५ गते संघीय संसद भवन स्थित ल्होत्सेहलमा सम्माननीय सभामुख, शीष नेताहरु लगाएत उपलब्ध माननीय सदस्यहरुको पि सि आर परिक्षणका लागि स्वाव संकलन ।

ख. २०७७ बैशाख २६ गते दिनको ४ बजे संघीय संसद छैटौं अधिवेशन सुरु

ग. २०७७ जेठ २ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीद्वारा संसदको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ।

घ. २०७७ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट पेश

ङ. २०७७ जेठ २६ गतेको बैठकबाटरुकुम जिल्लाको सोती घटना छानविन गर्न मा. देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन

२०७७ जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक दुई तिहाई बहुमत भन्दा बढी मतबाट पारित

२०७७ असार ४ गते प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीद्वारा प्रतिनिधि सभामा उत्पत्ति भएको “नेपालको संविधान (दोस्रोसंशोधन) विधेयक, २०७७” राष्ट्रिय सभाबाट पारित भएको सन्देशको जानकारी

२०७७ असार ४ गते सम्माननीय सभामुखज्यूले विधेयक प्रमाणीत गरि सम्माननीय राष्ट्रपति समक्ष प्रमाणीकणका लागि पेश

Advertisement

२०७७ असार ४ गते सम्माननीय राष्ट्रपतिद्वारा “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” विधेयक प्रमाणिकरण ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top