अमेरिकाको टेक्ससमा सार्वजनिक स्थानमा मास्क अनिर्वाय, प्रयोग नगरे जरिवाना तिराइने

१८ असार ७७, शुक्रबार

१९ असार, एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरिएको छ । कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टरका रुपमा विकसित टेक्सास राज्यका रिपब्लिकन गभर्नरले मास्क प्रयोग अनिवार्य गराएका छन् ।

सुरुवातमा कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा नलिएका गभर्नर ग्रेग एबोटले पछिल्लो केही हप्तादेखि राज्यमा संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएपछि सार्वजनिक स्थानमा मास्क अनिर्वाय गरेका हुन् ।

उनको यो निर्देशन २० भन्दा बढी संक्रमित रहेका राज्यका काउन्टीहरुमा लागू हुन्छ । टेक्ससका २५४ काउन्टी मध्ये अधिकांशमा २० भन्दा बढी संक्रमित रहेका छन् । टेक्ससमा पछिल्लो समय भाइरसबाट संक्रमित भएर अस्पताल भर्ना भएका बिरामीको संख्या ह्वात्तै बढेको छ ।

नयाँ आदेशको अवज्ञा गरेर शहरमा मास्क नलगाई हिड्नेलाई २ सय ५० अमेरिकी डलरसम्म जरिवाना तिराइनेछ । अमेरिकाका ५० राज्य मध्ये टेक्ससमा सबैभन्दा थोरै २८ दिन मात्रै लकडाउन गरिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top