विश्वमा ५ लाख २९ हजारभन्दा बढी कोरोना सङ्क्रमितकाे मृत्यु

२० असार ७७, आइतबार

२० असार, जेनेभा।

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २९ हजार ५५५ पुगेको छ । साथै भाइरसबाट विश्वभर एक करोड १२ लाख सात हजार ५४० जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ६३ लाख ६३ हजार ६९६ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४३ लाख २४ हजार २८९ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरूमा ५८ हजार ८४१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Advertisement

कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार २२८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३२ हजार १०७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २४ लाख २२ हजार २१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन्, ९० हजार ९१४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख ८१ हजार ४२९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ७४ हजार १८३ जनाको मृत्यु भएको छ ।

Advertisement

युरोपमा २४ लाख ६२ हजार ९०९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९्३ हजार २९५ को मृत्यु भएको छ । एसिया २४ लाख ८९ हजार ५६८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ६० हजार ९७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा चार लाख ५० हजार ८८८ जनामा कोरोना भाइरस सङ्क्रमित रहेको छ भने १० हजार ९२५ जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार चार जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top