×

NEPAL TIMES UPDATES

Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026

जापानले कोरोनाभाइरसबाट मानवीय क्षति कसरी न्यून गर्न सक्यो

२३ असार २०७७

२३ असार, एजेन्सी ।
जापानमा किन कोभिड–१९ का कारण धेरै मानिसको मृत्यु भएको छैन ? यो जटिल प्रश्नको उत्तरमा जापानी जीवनशैलीदेखि नागरिकहरूको उच्चतम प्रतिरोध क्षमतासम्म अनेकौँ कारण भएको हुनसक्ने दाबी गरिएको छ।

कोभिड–१९ का कारण जापानभन्दा दक्षिण कोरिया, ताइवान, हङ्कङ र भियतनाममा कम मृत्युदर छ। तर जापानमा सन् २०२० को पूर्वार्धमा औसतभन्दा कम मानिसको मृत्यु भयो। एप्रिल महिनामा सम्भवतः कोभिड–१९ का कारण १,००० बढी व्यक्तिको मृत्यु भएको भए पनि पूरै वर्षमा पोहोरको भन्दा कम मृत्यु हुन सम्भव छ।

Advertisement
Advertisement

कोभिड–१९ को बढी जोखिम हुने पर्याप्त कारण भए पनि जापानले कोरोनाभाइरस नियन्त्रण गर्न अन्य छिमेकी राष्ट्रले जस्तो कडा उपाय अवलम्बन नगरेको अवस्थितिमा कम मृत्युलाई आश्चर्यजनक छ।

जापानमा के भयो ?

फेब्रुअरी महिनामा वुहानमा कोरोनाभाइरस महामारी उत्कर्षमा पुग्दा विश्वले चिनियाँ यात्रुहरूलाई प्रवेश दिएनन्। तर जापानले आफ्नो सीमा बन्द गरेन।

कोभिड हुँदा प्रायः वृद्धवृद्धाको ज्यान जाने तथा भिडभाड र प्रत्यक्ष सम्पर्कबाट यसको सर्ने सम्भावना बढ्ने स्पष्ट भयो। जापानमा अन्य देशको भन्दा वृद्धवृद्धाको जनसङ्ख्या बढी छ भने ठूलो सहरमा जनघनत्व पनि बढी छ। जापानले विश्व स्वास्थ्य सङ्गठनले भने अनुसार व्यापक परीक्षण पनि गरेको छैन।

अहिलेसम्म कुल जनसङ्ख्याको ०.३ प्रतिशतभन्दा कम मानिसको मात्रै पीसीआर विधिबाट परीक्षण भएको छ। जापानमा युरोपको जस्तो लकडाउन पनि भएन। एप्रिलको सुरुमा सरकारले सङ्कटकाल घोषणा गर्‍यो। तर घरमै बस्ने कुरा ऐच्छिक थियो। अत्यावश्यकबाहेक अन्य व्यापार तथा व्यवसायलाई बन्द गर्न आग्रह गरिएको थियो तर बन्द गर्न नमान्नेलाई दण्डको व्यवस्था थिएन।

पहिलो सङ्क्रमित व्यक्ति फेला परेको पाँच महिनापछि जापानमा कुल सङ्क्रमितको सङ्ख्या २०,००० भन्दा कम नै छ। सङ्कटकाल हटाइएको छ र जनजीवन क्रमशः सामान्य बन्दैछ। अनि जापानमा रोग फैलिन रोकिएको दाबीलाई पुष्टि गर्ने वैज्ञानिक प्रमाण पनि छ।

टेलिकम कम्पनी सफ्टब्याङ्कले ४०,००० कर्मचारीको एन्टीबडी परीक्षण गराउँदा ०.२४ प्रतिशतम मात्रै भाइरसको सङ्क्रमण भएको देखियो। टोक्यो र अन्य दुई जिल्लामा ८,००० व्यक्तिमा र्‍यान्डम परीक्षण गर्दा अझ कम व्यक्तिमा कोरोनाभाइरस भएको देखियो।

जापानमा के विशेष छ ?

जापानका उपप्रधानमन्त्री तारो आसोले जापानी जनताको “विशिष्ट गुण” का कारण कोभिड–१९ नियन्त्रित भएको बताएका छन्।

उनका अनुसार विदेशी नेताहरूले आफूलाई जापानको सफलताको कारण सोध्दा आफूले “जापानी जनताको सांस्कृतिक हैसियतका कारण” त्यो सम्भव भएको बताएका थिए। साम्राज्य विस्तारको युगमा हुँदा जापानीहरूमा जातीय र सांस्कृतिक विशिष्टताको भाव थियो। आसोको भनाइमा अहङ्कार भएको भन्दै व्यापक आलोचना भएको थियो।

तर धेरै जापानी र वैज्ञानिकहरू केही कारणले जापानी नागरिकहरूलाई कोभिड–१९ लाई जोगाएको छ भन्नेमा विश्वस्त छन्। जापानीहरूले अरूलाई अभिवादन गर्दा हतपत अङ्कमाल र चुम्बन नगर्ने तथा एकआपसमा दूरी राख्ने भएकाले पनि सङ्क्रमण नफैलिएको हुनसक्छ। तर कसैलाई पनि यो प्रमुख कारण हो भन्ने लाग्दैन।

के जापानीहरूमा विशिष्ट प्रतिरोध क्षमता छ?

टोक्यो यूनिभर्सिटीका प्राध्यापक तात्सुहिको कोदामाका अनुसार जापानीहरूलाई पहिला पनि कोभिड भएको हुनसक्छ।

कोभिड–१९ नभएर त्यससँग मेल खाने अन्य कोरोनाभारइसको सङ्क्रमणले उनीहरूमा प्रतिरोध क्षमता विकसित भएको हुनसक्छ। उनी भन्छन्, “भाइरस पसेपछि शरीरको प्रतिरक्षा प्रणालीले बाह्य तत्त्वलाई आक्रमण गर्न एन्टीबडीहरू बनाउँछ।”

एन्टीबडीहरू दुई प्रकारका हुन्छन् – आईजीएम र आईजीजी। तिनले कसरी प्रतिक्रिया गर्छन् भन्ने कुराले व्यक्तिलाई पहिला उक्त भाइरस वा त्यससँग मिल्दोजुल्दो अन्य भाइरसको सङ्क्रमण भएको वा नभएको देखाउँछ।

उनका अनुसार पहिलो भाइरल सङ्क्रमणमा प्रतिकारका लागि आईजीएम आउँछ भने आईजीजी बिस्तारै पछि आउँछ। तर दोहोर्‍याएर भएको सङ्क्रमणमा केवल आईजीजीको प्रतिक्रिया हुन्छ।

आफूले परीक्षण गरेका व्यक्तिमा देखिएको प्रतिक्रिया सुनाउँदै उनले भने, “परीक्षणहरू हेर्दा हामी छक्क पर्‍यौँ । सबै बिरामीमा आईजीजीको प्रतिक्रिया चाँडो देखियो भने आईजीएमको प्रतिक्रिया ढिलो र फितलो थियो।” “उनीहरूलाई पहिला नै उस्तै भाइरसको सङ्क्रमण भइसकेको जस्तो देखिन्थ्यो।”

सार्सजस्तो भाइरस पहिला पनि फैलिएकाले अहिले जापान, चीनको धेरै भाग, दक्षिण कोरिया, ताइवान, हङ्कङ र दक्षिणपूर्वी एशियामा कम मृत्युदर भएको हुनसक्ने उनको अनुमान छ।

नियन्त्रणका अन्य उपाय

महामारीको प्रारम्भिक चरणमै जापानले सङ्क्रमण फैलाउन सक्ने दुईवटा महत्त्वपूर्ण तरिका पत्ता लगायो।

क्योटो यूनिभर्सिटीका अनुसन्धानकर्ता तथा सङ्क्रमण नियन्त्रण कार्यदलका एक सदस्य डा काजुआकी जिन्दाईले तथ्याङ्कले एकतिहाइ सङ्क्रमणको सम्बन्ध उस्तै स्थानसँग भएको देखिएको बताए। “हाम्रो तथ्याङ्कले धेरै सङ्क्रमित व्यक्ति चिच्याउने र गाउने काम हुने साङ्गीतिक स्थलमा भएको देखायो ।

हामीलाई ती स्थानमा मानिसहरू जानु हुँदैन भन्ने थाहा थियो।” उनको समूहले “नजिकै बसेर सास फेरिने” स्थानमा उच्च जोखिम हुने निष्कर्ष निकाल्यो। भाइरस भएका व्यक्तिबाट सङ्क्रमण फैलिने सङ्ख्या एकदमै कम भएको पनि पत्ता लाग्यो।

Advertisement

एउटा प्रारम्भिक अध्ययनमा सार्स–कोभ–१ भएका ८० प्रतिशत व्यक्तिले अरूलाई भाइरस नसारेको तर बाँकी २० बाट सङ्क्रमण सरेको देखियो। सङ्कटकालमा घरमा बस्नै पर्ने बाध्यता थिएन। बरु यी तीन उपाय पालना गर्न प्रोत्साहित गरिएको थियो । “मलाई लाग्छ मानिसलाई घरमै बस्न निर्देशन दिनुभन्दा पनि सम्भवतः यसले काम गर्‍यो,” डा. जिन्दाई भन्छन्।(बीबीसी)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top