×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

नेपालमा लागुऔषध प्रयोगकर्ता बढ्नुको कारण बेरोजगार

२३ असार २०७७

२३ असार, काठमाडौं । सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागूऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने एक अध्ययनले देखाएको छ ।

झण्डै ४० प्रतिशत व्यक्तिले बरोगजारीका कारण लागूऔषध प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने अध्ययनले देखाएको छ । सीमानाकामा चेकजाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशूल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका कार्यक्रम गर्न सके लागू औषधको प्रयोग घटाउन सकिने अध्ययनले देखाएको छ ।

Advertisement
Advertisement

कुल प्रयोगगकर्ता मध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन् । यसैगरी नोकरी गर्ने, ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेका छन् ।

गृहमन्त्रालय लागूऔषध विभागका प्रमुख उपसचिव झंकनाथ ढकालका अनुसार लागु औषध प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययन अनुसार वि.स. २०६९ को तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ । २०६९मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको उनले बताए ।

२०६९ मा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागूऔषधको बढी प्रयोग गर्छन् । साथीहरुको संगतले ६७ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्नेहरु रहेको अध्ययनले देखाएको छ । डुलन्ते विक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागुऔषधि लिइरहेका छन् ।

सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेका अध्ययनले देखाएको छ । झाडीमा १२ दशमलव ८, होटल तथा रेष्टुरेण्टमा २ प्रतिशत, पाटी पौवामा डेढ प्रतिशत, पुलमुनि ४ दशमलव ३ प्रतिशतले लागु औषध सेवन गर्नेहरु रहेका छन् । साथीसँगीको दबाबा कारण लागू औषध प्रयोग गर्नेको संख्या बढी रहेको छ । ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा यसको प्रयोग गर्छन् । ७२ दशमलव १ प्रतिशले मनोरञ्जनका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन् ।

यस्तै पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ । लागूऔषध सेवनकर्तामध्ये १५ प्रतिशतमा हेपाटाइटिसको समस्या देखिने गरेको छ ।

मानसिक विचलन ४ दशमलव १ प्रतिशत, क्षयरोग ४ प्रतिशत, एचआइभी/एड्स ३ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशतमा एस.टि.डीको समस्या देखिने गरेको छ । ४७ दशमलव २ प्रतिशत प्रयोगकर्ताहरुले आफ्ना जीवन सुधारका लागि रोजगारी वृद्धि गर्नुपर्ने अपेक्षा राखेका छन् ।

Advertisement

३६ दशलमव ९ प्रतिशतले निःशूल्क उपचार, २२ दशमलव ८ प्रतिशतले सीप विकास तालिमको व्यवस्था, २१ दशमलव १ प्रतिशतले सचेतना कार्यक्रम र १५ प्रतिशतले प्रभावकारी आपूर्ति नियन्त्रण गरे प्रयोगकर्ताहरुको जीवनमा सुधार ल्याउन सकिने अपेक्षा उनीहरुले गरेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top