Nepal Times
Nepal Times
3
Shares

सरिता गिरीलाई पार्टीबाट निकाल्ने निर्णय, सांसद पद गयो

सरिता गिरीलाई पार्टीबाट निकाल्ने निर्णय, सांसद पद गयो

२३ असार, काठमाडौँ ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट बर्खास्त गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको हो । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् ।

पार्टीका महासचिव रामसहाय यादवका अनुसार पार्टीले उनलाई पार्टीको साधारण सदस्यबाट पनि निस्काशन गरेको जानकारी दिए । सांसद गिरीको कारबाहीको बारेमा गठन भएको कार्यदलले उनलाई कारबाही गर्न गरेका सिफारिस अनुसार कारबाही भएको बताइएको छ ।

नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन उनले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिइनन् ।

त्यसपछि पार्टीले उनलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो । गिरीले असार १८ गते आफ्नो स्पष्टीकरण बुझाएकी थिइन् तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीका लागि सिफारिश गरेको थियो

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.