श्रमिककाे संरक्षण तत्काल जरुरी : प्रधानमन्त्री ओली

श्रमिककाे संरक्षण तत्काल जरुरी : प्रधानमन्त्री ओली

२५ असार,काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा बुधबार आयोजित ‘कोभिड–१९ र श्रमको संसार : उन्नत श्रमको निर्माण’ विश्व सम्मेलनलाई अप्रत्यक्षरुपमा सम्बोधन गर्र्दै उहाँले पर्याप्त सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको प्रावधान पनि उनीहरुको सुरक्षाका निम्ति उत्तिकै महत्वपूर्ण हुने बताए ।

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा लगानी र व्यापारमा भएको गिरावट तथा यात्रा उद्योगमा उत्पन्न व्यवधानले विश्व अर्थतन्त्रलाई ठूलो आघात पुगेको बताउँदै त्यसबाट दशौँ लाख श्रमिक र उद्योग प्रभावित भएको यथार्थ प्रस्तुुत गरे् । “कोभिड–१९ को प्रभाव कम आय भएका र अल्पविकसित राष्ट्रमा अधिक परेको छ”, उनले भने ।

प्रधानमन्त्री ओलीले मानव केन्द्रित सम्मानजनक श्रमप्रति ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रसङ्घ र आईएलओजस्ता त्यसका विशिष्टिकृत निकायहरुले विश्वव्यापी महामारीलाई मुख्य मुद्दा मानेर विश्वव्यापी रुपमा नै सुदृढ प्रतिकार्य अघि बढाउन अपरिहार्य भएको बताए ।

रोजगारी र आम्दानीको सुरक्षाबिना नै महामारीकाबीच निराश भएर श्रमिकहरु घर फर्किएका बताउँदै उनले विश्व स्वास्थ्य सङ्गठनका मान्यताको पालना गरेको भए त्यस्तो परिस्थिति उत्पन्न हुँदैनथ्यो भने। “सङ्कटको घडीमा नै मानवताको परीक्षण हुन्छ, अति कठिन क्षणमा हाम्रो विवेकले नै न्याय र निष्पक्षतालाई मार्ग निर्देश गर्छ,” उनले भने ।

प्रधानमन्त्रीले ओलीले अन्तर्राष्ट्रिय ऐक्यबद्धताले रोजगारीको क्षयलाई बचाउने, आप्रवासी कामदारको फिर्ती र दिगो विकासका लक्ष्य हासिलका दिशामा भएका प्रगतिलाई पछाडि धकेलिदिँदा गरिबी बढ्ने बताए ।

उनले कोभिड–१९ को महामारीको प्रभावको रोकथाम तथा औपचारिक एवं अनौपचारिक क्षेत्रका श्रमिकहरुको सुरक्षाका निम्ति नेपाल सरकारले अपनाएका तत्कालिन र मध्यकालीन उपायका साथै दिगो रोजगारीका अवसर सृजनाबारे पनि जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.