×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

काठमाडौंमा पीसीआर परीक्षण व्यापक गर्ने तयारी

२५ असार २०७७

काठमाडौं : कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिए ।

परीक्षणको नयाँ मापदण्ड
अहिलेसम्म क्वारेन्टाइनमा रहने व्यक्तिहरूको मात्र परीक्षण हुँदै आएको थियो अब भने क्वारेन्टाइन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने छ । रोग नियन्त्रण महाशाखा प्रमुख डा. पाण्डेले स्पष्ट पारे, “अब क्वारेन्टाइन बाहेकका व्यक्तिको कोरोना परीक्षण गरिने छ ।” उनका अनुसार बढी भीडभाड हुने कार्यालयका कर्मचारी, फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, नाकाबाट भित्रिने व्यक्तिहरूको कोरोना परीक्षण गरिने जानकारी दिए ।

यसबाहेक रेड जोनमा परेका जिल्ला दैलेख, अछाम, रौतहट, कपिलवस्तु, बाँके र पाल्पा लगायतमा कोरोना परीक्षण गरिने छ । धेरै सेवाग्राही आउने मालपोत, खानेपानी, विद्युत्, बैङ्क र अस्पतालजस्ता कार्यालयका अग्रपङ्क्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिएको बताउँदै उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट बिहीबार टेकु, कालीमाटी तथा कलङ्की क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीको स्वाबको नमुना सङ्कलन गरिने जानकारी दिए ।

काठमाडौँं उपत्यकामा बन्दाबन्दी खुकुलो भएसंँगै मानिसको भीडभाड हुने, आवतजावत धेरै हुन थालेपछि काठमाडौँमा दैनिक कोरोनाका बिरामी बढ्न थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा समेत कारोना परीक्षण गरिसकेको छ र यो क्रमलाई निरन्तरता दिइने छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top