×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

छाङरु, टिंकर क्षेत्र जाने पुल पहिरोले बगाएपछि आवतजावत बन्द

२५ असार २०७७

२५ असार, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ मा रहेको कल्जु खोलाको झोलुंगे पुल पहिरोले बगाएपछि व्यास–१ का छाङरु, टिंकरलगायत क्षेत्र जाने बाटो बन्द भएको छ ।

कल्जु खोलामा आइतबार खसेको पहिरोले भासिएको पुल सोमबार राति बगेको हो । पहिरोले दुवैतर्फको आवतजावत रोकिएको छ ।

Advertisement
Advertisement

खोला बढेपछि तम्बाकु क्षेत्रमा बाटो बनाइरहेका स्थानीयलाई आउजाउमा समस्या परेको स्थानीयहरुले बताएका छन् । व्यास गाउँपालिका र भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा यो क्षेत्रमा घोडेटो बनिरहेको छ । कामदार राति दुम्लिङ घर आउने र दिउँसो काममा जाने गर्थे ।

पहिरोले झोलुंगे पुल छेउमा रहेको पसल पनि भासिएको र खेत पनि बगेको छ । आसपासका घरमा पहिरोको जोखिम बढेको छ । व्यास–१ जोड्न पहिरो खसेको ठाउँभन्दा करिब १० किलोमिटर माथि घाटीबगरमा नेपाली सेनाले घोडेटो बनाइरहेको छ ।

यसैविच, महाकाली नगरपालिका–१ श्रीबगरमा बुधबार बिहान पहिरोले स्थानीय पार्वती बमको ५ कोठे घरसहितको पसल पुरिएको छ । माथिबाट पहिरो खसेर घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए ।

Advertisement
Advertisement

दार्चुला–टिंकर सडक छेउमै बमको पसल थियो । घरमै रहेको पसलमा ४/५ लाख रुपैयाँबराबरको क्षति भएको उनको भनाइ छ । घर पुरिएपछि बमलाई खानबस्न समस्या भएको छ । उनका श्रीमान् एक वर्षदेखि भारतमा छन् ।ईकान्तिपुरबाट साभार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top