जनकपुरका अधिकांश गाउँ डुबानमा

२४ असार ७७, बिहीबार

२५ असार जनकपुरधाम।
गए राति परेको वर्षाका कारण जनकपुरको अधिकांश ठाँउ डुबानमा परेको छ। नगर क्षेत्रभित्र पानीको निकास नभएकै कारण अधिकांश ठाँउ डुबानमा परेको हो।

गत वर्ष जनकपुर नगरक्षेत्रभित्र एसियाली विकास बैंक (एडिबि) को सहयोगमा निर्माण भएको सडकमा पानीको उचित व्यवस्थापन भएको छैन। जनकपुरधाम उप महानगर पालिकाको रामानन्द चौक, पिरारी टोल, धत्ता टोल, अगनीकुण्ड् टोल, बैकुण्ठ नगरलगायतको ठाँउ डुबानमा परेको छ।

उप महानगरपालिकाको वडा ७ स्थित मुशहरी र मेस्तर टोलको घर घरमा पानी पसेको छ। वार्डका लगभग २ दर्जन घरभन्दा बढ़ी मेस्तर परिवारको घरमा पानी पसेको छ। वडा ७ को मुसहरी प्रत्येक वर्ष पानी र वर्षाले गर्दा प्रभावित हुँदै आएको छ। सड़कमा पानी जमेर हिड्नसमेत समस्या हुने गरेको स्थानीय संजय यावदले बताए।

Advertisement

सामान्य पानी पर्दा पनि सड़कमा ३ देखी ४ फिटसम्म पानी जमेको छ पानीको तत्काल निकासकालागि जिम्मेबार पक्षले ध्यानदिनुपर्ने यादवले बताए। पानी घरभित्र पसेपछि तत्काल दुइ दर्जन परिवारलाई उद्धार गरी वडा ७ को विद्यालयमा राख्ने तयारी अगाडि बढाइएको वडा ७ का अध्यक्ष जानकिराम साहले जानकारी दिए।

Advertisement

वडा ७ का अध्यक्ष जानकिराम साहका अनुसार यो वडाको बजेटले समस्या समाधान न हुने भएकोले आफुले उप मेयरलाई जानकारी गराई सकेका छौ। स्थानीय राजेन्द्र माझीले रातिदेखि परेको पानीका घर डुबानमा परे पनि अहिलेसम्म मेयर र उपमेयरले वास्ता नगरेको बताए। माझीले भने, ‘चुनावको बेला भोट लिन सबै आउँछन्।

तर समस्या परेको बेला कोही आउँदैनन्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top