जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

२५ असार, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय भएको छ, निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

 जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए । दुवै पार्टीका नेताले वैशाख ११ गते एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.