प्रदेश १ सामाजिक विकास मन्त्रालयले श्रष्टा सम्मान गर्ने

२६ असार ७७, शनिबार

२६ असार, विराटनगर ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले एक दर्जन बढी श्रष्टाहरुलाई सम्मानित गर्ने भएको छ । बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुने भएका हुन् ।

प्राज्ञ खेम नेपालीको संयोजकत्वमा रहेको ८ सदस्यीय श्रष्टा मूल्यांकन सिफारिस कार्यदलले शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष सम्मानित श्रष्टाहरुको नाम सिफारिस गरेको छ । कार्यदलको सिफारिस अनुसार मन्त्रालयले एक लाख राशीको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मान २०७७ बाट इलामका श्रष्टा डा. नवलकिशोर राईलाई सम्मानित गर्ने भएको छ ।

यसअघि सो सम्मान प्रा.डा. टंक न्यौपानेलाई प्रदान गरिएको थियो । भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित हुनु हुने भएको छ । ललितकला तर्फ अनुराधा थापा-मोरङ, साहित्य तर्फ उमानाथ घिमिरे‘सागर’-धनकुटा, कविराज पोखरेल-मोरङ, मुनाराज शेर्मा-झापा, पञ्चकुमारी परियार-खोटाङ, प्रेम ओझा-पाँचथर, शिवनारायण पण्डित‘सिंगल’-सुनसरी, साहित्य र कला तर्फ डीवी किराँती-सोलु, रंगकला तर्फ कविता नेपाल-झापा, चलचित्रकर्मी तर्फ केशव रायमाझी-मोरङ, नृत्यकला तर्फ मायाँ पौडेल-मोरङ, गित/संगीत तर्फ वीरध्वज शिवा-मोरङ, लाई सम्मानित गरिने भएको छ ।

Advertisement

उनीहरुलाई जनही ५०-५० हजार नगद प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने श्रष्टाहरुलाई गतवर्ष देखि सम्मान शुरु गरेको हो । श्रष्टाहरुलाई आगामी असार २९ गते सोमबार आरोहण गुरुकुल विराटनगरमा सम्मान गर्ने कार्यक्रम राखिएको कार्यदलका सदस्यसचिव सुर्यराज घिमिरेले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top