बहराइनबाट १४६ जना नेपाली स्वदेश फर्किए

२७ असार ७७, आइतबार

योगेन्द्र योगी
२८ असार, दोहा ।

कोरोना भाइरस लगायत विभिन्न कारणले बहराइनमा समस्यामा परेका थप १४६ नेपाली स्वदेश फर्किएका छन् । बहराइनस्थित नेपाली दूतावासको प्राथामिकतामा परेका उनीहरु नेपाल एयरलाइन्सको पाचौँ चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् ।

Advertisement

दूतावासका अनुसार सो उडानमा १४६ जना नेपालीहरु स्वदेश फर्किएका छन् । यसअघि नेपाल एयरलाइन्सको ४ वटा उडानमार्फत बहराइनबाट ५६९ जना नेपाली र दुई वटा शव पनि स्वदेश पठाईसकिएको दूतावासले जनाएको छ ।

स्वदेश फर्किने नेपालीहरुलाई विदाई तथा सहजिकरण गर्न नेपाली दूतावासका कर्मचारी लगायत “हाम्रो साथ आमाको काख” अभियानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए । “हाम्रो साथ आमाको काख” अभियानले सुरुवाती दिन देखि नै स्वदेश फर्किनेहरुलाई सहयोग गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top