स्पेनिस लालिगामा रियल म्याड्रिडमाथि बार्सिलोनाको दबाब कायमै

२८ असार ७७, आइतबार

२८ असार, एजेन्सी । स्पेनिस लालिगामा बार्सिलोनाले रियल म्याड्रिडमाथिको दबाब कायमै राखेको छ ।

Advertisement

गएरातिको खेलमा रियल भालाडोलिडलाई १–० ले हराउँदै बार्सिलोनाले तालिकाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग एक अंकको दुरी बनाएको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक छ ।

Advertisement

लालिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको म्याड्रिडले रियल बेटिसलाई १–० ले हराउँदा ओसासुनाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top