२८ असार, काठमाडौँ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले शनिवार र आइतबार मानव अंग बेचबिखन गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोका एसपी गोविन्द थपलियाले चितवन, ललितपुर र काठमाडौंबाट १२ जनालाई मानव अंग किड्नी बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ गरेको बताएका छन् । पक्राउ पर्नेमा चिकित्सकहरूसहित ललितपुर–३ का वडा अध्यक्ष, एक जना जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी छन् ।
यसरबारे ब्यूरोले केही बेरमा पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।