हङकङमा कोरोना संक्रमणको तेस्रो लहरः ४ जनाभन्दा बढी भेला हुन रोक

३१ असार ७७, बुधबार
Share this
741shares

३१ असार, एजेन्सी ।
हङकङमा चारजनाभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाइएको छ।

Advertisement

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै हङकङमा नयाँ नियम लागू गरिएको हो। यसअघि करिब ५० जना भेला हुन छुट दिइएको थियो। जनस्वास्थ्य विज्ञहरुले हङकङमा देखिएको कोरोनाको तेस्रो लहरले धेरै खतरा उत्पन्न हुन सक्ने आंकलन गरिएको छ। विज्ञहरुले हङकङमा यसअघि यस नदेखिएको स्थानीय संक्रमण फैलिएको हुनसक्ने जनाएका छन्।

यस्तै, रेष्टुराँहरु साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गर्न समेत निर्देशन दिइएको छ। हङकङमा भाइरसको संक्रमण रोक्न गरिएका प्रयासहरु फितलो भएका कारण फेरि संक्रमण देखिएको बताइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top