सय वर्षीय बृद्धले कोरोनालाई हराएर मनाए जन्मदिन

३१ असार ७७, बुधबार

३१ असार, एजेन्सी ।
२४ हजारभन्दा बढिको मृत्यु र विश्वमै तेस्रो बढी कोरोना प्रभावित देश हो भारत ।

Advertisement

भारतमा पनि मुम्बइ उच्च प्रभावित क्षेत्र हो। तर, मंगलबार त्यहाँ एक सय वर्षीय बृद्धले संक्रमण जितेका छन्। सय वर्षीय बृद्ध अर्र्जुन गोविन्द नारिनग्रेकर संक्रमणबाट निको भएका छन्। उनलाई मंगलबार डिस्चार्ज समेत गरिएको छ। तर, संयोग संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकै बेला उनको जन्मदिन परेको थियो।

शताब्दी पुरुष ती संक्रमितको अस्पतालमै स्वास्थ्यकर्मीसँग जन्मदिन मनाइएको थियो। गएको १ जुलाईमा संक्रमण पुष्टि भएका ती शताब्दी पुरुष १५ दिन अस्पताल बसे। “अस्पतामा बसिरहेका बेला उनको जन्मदिन मनाउने निर्णय भयो। जन्मदिन मनाइरहँदा स्वास्थ्यकर्मीहरु उत्साहित देखिएका थिए”, इण्डियन एक्प्रेसले लेखेको छ।

Advertisement

उनी पूर्व शिक्षक रहेको परिवारका सदस्यले जनाएका छन्। उनी विद्यालयका प्रधानाध्यापक नै थिए। भारतमा संक्रमित संख्या नौ लाख ३७ हजार नाघेको छ भने २४ हजारको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top