×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

श्रीमान् विदेशमा काम गर्ने, यहाँ श्रीमती अर्कैसँग घुम्ने, फर्किँदा न परिवार, न सम्पत्ति, न श्रीमती -महिला सांसद्

३१ असार २०७७

३१ असार, काठमाडौं । महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन् । विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएपनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।

महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए । राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा सांसद गंगा चौधरीले पीडत पुरुषहरुले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गरे । उनले भने, ‘‘महिला मात्रै पीडित छैनन् । पुरुषहरु कहाँ जाने न्याय खोज्न ? महिलाले पनि पुरुषमाथि अन्याय गरेको छ । श्रीमान विदेशमा काम गर्ने यहाँ श्रीमति अर्कैसँग घुम्ने, भए भरको सम्पत्ति कुम्ल्याउने । विदेशबाट फर्किदा न आफ्नो परिवार न सम्पत्ति, न श्रीमति’’

Advertisement
Advertisement

सांसद हिरा गुरुङले आयोगले सहर केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनुपर्ने बताए । महिला मात्रै हिंसामा पर्ने गरेको नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले आयोगले दुबै पक्षलाई न्याय दिनुपर्ने बताए ।

आयोगका सचिव शान्ता अधिकारीले पुरुष हिंसा हुने गरेको भएपनि घटनाहरु बाहिर आउन नसकेको बताए । आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको उनको भनाई छ । उनले भने, ‘‘विदेश गएका पुरुषका श्रीमति अर्कैसँग गएको सन्दर्भमा त्यहाँ अर्को पुरुषले शोषण गरिरहेको कुनै न कुनै रुपमा ।’’

Advertisement
Advertisement

२०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना घटेका छन् । आयोगको प्रतिवेदन अनुसार सबैभन्दा बढी महिलाहरु मानसिक हिंसाका ५ सय ८९ घटना घटेका छन् । शारीरिक हिंसाका ४ सय ५८, आर्थिक हिंसाका २ सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना घटेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top