अध्यागमनका कर्मचारीले चिनियाँ नागरिकलाई भिसा बेचे !

१ साउन ७७, बिहीबार

काठमाडौं : अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ।

Advertisement

विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ। तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो।

रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ। ती चिनियाँको कुनै पनि कागपत्र अध्यागमनमा छैन। मूलतः त्यही कागजपत्रका आधारमा विभागको गैरपर्यटकीय शाखाले रिलेसन भिसा दिने/नदिने निर्णय गर्छ। काफ्लेले चिनियाँसँग भिसाको कारोबार कार्यालयबाहिर गरेको देखिएको छ। उनले त्यसको सुइँको समेत अध्यागमनका अन्य कर्मचारीलाई दिएनन्।

Advertisement

विभागका महानिर्देशक रमेशकुमार केसीले भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘जो कोही भए पनि दोषीले उन्मुक्ति पाउँदैन। कारबाही गर्छु’, महानिर्देशक केसीले भने ।,याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top