महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सङ्ग्रहालय बनाइने

१ साउन ७७, बिहीबार

काठमाडौँ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ । काठमाडौँको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

Advertisement

आर्थिक वर्ष ०७६÷७७ मा भएका काम र नयाँ आर्थिक वर्ष ०७७÷७८ तय भएका कार्यक्रमबारे जानकारी दिन नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले सरकारले महाकवि देवकोटाको घरलाई खरिद गरी प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा सुम्पेपछि उक्त स्थानमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ सङ्ग्रहालय’ निर्माण गरिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

अबको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको बताउँदै सदस्यसचिव उपाध्यायले निर्माणका लागि डीपीआर तयार भइसकेको जानकारी दिनुभयो ।, याे खबर गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top