×

NEPAL TIMES UPDATES

Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026

छांगरु र तिंकरका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काम गर्न बाध्य

१ श्रावण २०७७

१ साउन, दार्चुला ।

चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् ।

Advertisement

सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले साप्ताहिक रुपमा नेपाल चीन सीमासम्म गस्ती गर्छन् । गत जेठ महिनामै छायालेक पुगेको प्रहरीले सीमा क्षेत्रसम्म साप्ताहिक गस्ती थालेको हो । नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह महताले बताए ।

यो क्षेत्रमा विवाद छैन । तर पनि नेपाल प्रहरीले आफ्नो गस्ती समयअनुसार गरिरहेको उनले बताए । छायालेकबाट तिंकर भञ्जाङमा रहेको सीमास्तम्भसम्म पुग्न ४ देखि ६ घण्टाको उकालो हिड्नुपर्छ । यहाँ पुग्न माथिल्लो बाटाबाट लेक लाग्ने गर्छ । सबै यो सीमा स्तम्भसम्म पुग्न सक्दैनन् ।

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् । यस्तै छायालेकमा रहेको सीमा प्रहरी चौकीले रकाङ, तिंकर गाउँ, स्याङ्खोला, टाटा लगायतका क्षेत्रमा नियमित गस्ती गर्छ । अत्यधिक हावाहुरी चल्ने ठाउँ छायालेकमा उनीहरु त्रिपालले छानो छाउने तथा झ्याल ढोकामा समेत त्रिपाल राखेर रात बिताउन बाध्य छन् । सानो भवनभित्र मिलेर रात काट्नुपर्ने प्रहरीको बाध्यता छ । भवन नभएका हैनन्, तर भवनको छत राखिएको छैन । थोरै जस्तापातामा त्रिपाल राखेर बस्ने गरेको प्रहरी सुनाउँछन् ।

छायालेकका दुवै भवन बस्न लायक छैन । अहिले प्रहरीले एउटै भवनको दुई कोठामा जस्तापाता र त्रिपाल राखेर रात बिताउँछन् । विगतमा यो क्षेत्रमा रहेको प्रहरी चौकी भवनमा आगजानी भएपछि त्यसयता मर्मत सम्भार हुन नसक्दा प्रहरीले चिसो ठाउँमा त्रिपालको सहारा लिनुपरेको हो ।

दिनभरी हावाहुरी चल्छ । प्रहरी चौकी इञ्चार्ज महताले भने, “पहिल्यैदेखि यस्तै भवनमा प्रहरी बसेका रहेछन् । यो क्षेत्रमा आगो बाल्न दाउँरा खोज्नै मुस्किल छ । चिसो ठाउँमा रात बिताउने प्रहरीले जमिन भित्रको रुखका जरा खोजेर आगो बालेर रात बिताउँछन् ।” गाउँभन्दा झण्डै एकदेखि डेढ घण्टाको दूरीमा प्रहरी चौकी छ । गाउँसम्मै गस्ती गर्न सास्ती छ ।

छांगरु प्रहरी भवन जीर्ण

तिंकरका छायालेक सीमा प्रहरी चौकी मात्र हैन्, छांगरुमा रहेको नेपाल प्रहरीको भवन पनि जीर्ण छ । विगतमा भेडा बाख्रा राखिएको गोठमा नेपाल प्रहरीले रात बिताउँदै आएको छ । व्यास गाउँपालिकाका कर्मचारी दिपक खातीले भने, “राष्ट्रको सुरक्षामा खटिएको प्रहरी बस्ने ठाउँको लागि पहल हुनुपर्छ ।” उनले भने, “यी दुवै प्रहरी चौकीका भवन देख्दा साह्रै चित्त दुख्यो । जीर्ण प्रहरी चौकीको अवस्थाबारे गाउँ सभामा कुरा राख्छु । यो वर्ष मर्मतको लागि भए पनि बजेट छुट्याउन आग्रह गर्छु”, उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्ट छांगरु र तिंकर प्रहरी चौकीको भवनबारे आफूले माथिल्लो निकायमा जानकारी गराएको बताउँछन् । प्रहरीलाई बाह्रैमास राख्नको लागि आधुनिक सुविधायुक्त भवन चाहिन्छ । प्रदेश र संघीय सरकारसँग भवनको बारेमा जानकारी पुगेको छ ।

प्रहरीलाई फोन छैन

छांगरुमा इन्टरनेट र फोन सुविधा रहेपनि तिंकरमा फोन सेवा छैन् । तिंकर प्रहरी चौकी रहेको ठाउँमा फोन लाग्दैन । सञ्चार सेटमार्फत जिल्लामा सम्पर्क गर्नुबाहेक घरपरिवारसँग कुराकानी गर्न फोन सेवा छैन । छांगरुमा राखिएको स्काइ फोन टावर तिंकरसम्म काम गर्न नसक्दा प्रहरी मात्र हैन स्थानीयसमेत फोन सेवाबाट वञ्चित भएका छन् । दुई साताअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नेपाल चीन सीमा स्तम्भसम्म संयुक्त गस्ती गरेका छन् । झण्डै साढे पाँच हजार मिटर उचाइमा रहेको नेपाल चीन सीमा स्तम्भमा दुवै सुरक्षा निकायले संयुक्त गस्ती गरेका हुन् ।

सशस्त्र प्रहरी व्यास गाउँपालिकाको वडा नम्बर १ छांगरुको गागामा छ । गागाबाट खटिएको प्रहरी निरीक्षक लिलीबहादुर चन्द र नेपाल प्रहरीका छायालेक तिंकर सीमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरकसिंह महता नेतृत्वको टोलीले संयुक्त रुपमा सीमा स्तम्भसम्म गस्ती गरेका छन् ।रासस

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top