नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित, ओली-दाहालबीच छलफल जारी

नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित, ओली-दाहालबीच छलफल जारी

२ साउन, काठमाडौं । आज शुक्रबार ११ बजे बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक ३ बजे सम्मका लागि स्थगित भएको छ ।

स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठक ३ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

अहिले बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्षबिच भेट हुने सहमति यसअघि नै भएको थियो ।

बिहीबार प्रधानमन्त्री ओली,प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो। तीन नेताबीच अन्य विषयमा सहमति हुन नसके पनि स्थायी समिति बैठक नरोक्ने विषयमा सहमति भएको थियो ।

तीन नेताबीच आजको स्थायी समितिले केन्द्रीय कमिटी बैठकको निर्णय तोक्ने समेत सहमति भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.