अमेरिकामा एकैदिन ७५ हजार बढी मानिसमा संक्रमण पुष्टि

१ साउन ७७, शुक्रबार

२ साउन, एजेन्सी । कोरोना भाइरस महामारीबाट सवैभन्दा धेरै प्रभावित अमेरिकाले दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ ।

बिहीबार एकैदिन ७५ हजार बढी संक्रमित फेला परेपछि अमेरिकाले नयाँ रेकर्ड कायम गरेको हो ।

यसै महिना संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको यो सातौं पटक हो । संक्रमित संख्यासँगै सोका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको रोयटर्सले जनाएको छ।

Advertisement

यो संख्या जुन यता उच्च संख्यामा पुगेको उसको विश्लेषण छ । यसमा अधिकाशं मृतक एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा र टेक्ससबाट रहेका छन। यो महिना अमेरिकाका ५० मध्ये ३० राज्यको दैनिक संक्रमित संख्यामा रेकर्ड कायम भएको छ।

फ्लोरिडा राज्यको संक्रमित संख्यालाई एक देशका रूपमा हेर्दा त्यहाँको संक्रमित संख्या विश्वको चौथो मुलुकजस्तो हुन आउँछ। अमेरिका, ब्राजिल र भारत हाल सर्वाधिक कोरोना संक्रमित भएको मुलुकमा हुन् ।

Advertisement

कोरोनाका कारण अमेरिकीहरू विद्यालय तथा व्यवसाय खोल्ने विषयमा बाँडिदै आएका छन्। योसँगै सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने सवालमा पनि उनीहरू विभाजित छन्।

जबकी विश्वका अधिकाशं स्वास्थ्य विज्ञहरूले कोरोना रोकथामका लागि सामाजिक दूरी र मास्क लगाउने कार्य प्रभावकारी रहेकोमा एकमत रहँदै आएका छन्। कोरोनाका कारण हालसम्म अमेरिकामा १ लाख ३४ हजार बढी मानिसको मृत्यु भइसकेको छ।

बिहीबार भेटिएका ७५ हजार २ सय ५५ संक्रमितले गत शुक्रबार कायम भएको ६९ हजार ७०९ संक्रमित संख्यालाई उछिनेको हो। जुलाईमा प्रतिदिन औषतमा ५७ हजार ६ सय २५ जना संक्रमित भेटिएका थिए।

अमेरिकाको कोरोनाविरूद्धको लडाईंको मोर्चामा अघ्रभागमा रहेर काम गर्दै आएका अमेरिकी संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले यसअघि नै आवश्यक कदम र सावधानी नअपनाइए अमेरिकामा प्रतिदिन १ लाख बढी संक्रमित थपिने चेतावनी यसअघि नै दिइसकेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top