कोभिड-१९ रहुन्जेल अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

२ साउन, काठमाडौँ । कोरोना महामारी पूर्ण रुपमा नहराउन्जेलसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।

Advertisement

राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै एउटा संस्थाको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क नलाग्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर बैंक एटीएम कारोबार गर्दा पैसा नलाग्ने आज आयोजित चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा बताएका हुन् ।

Advertisement

यसअघि नेपाल बैंकर्स संघले अन्तर बैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा शुल्क लाग्ने बताएका थिए ।कोरोना लकडाउन सुरु गरेपछि सरकारले एक वित्तीय संस्थाको एटीएमले अर्को संस्थाको एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top