२ साउन, काठमाडौं । शुक्रबार मात्र थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै अहिलेसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । कुल संक्रमितमध्ये हाल ५८७१ वटा केशहरु सक्रिय छन् ।
पछिल्लो २४ घण्टामा २ सय ८५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म ११ हजार ५ सय ३४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।