३ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा वा पौडेल पक्ष कसैसित नटासिन उनले कार्यकर्ताहरुलाई आग्रह गरे । शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले १४औं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गर्नुपर्नेमा जोड दिए।
उनले गुटभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन आग्रह गरे। कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा कांग्रेस नेता उदयशमशेर राणाले सरकारले जनअपेक्षाअनुरुप काम नगरेको भन्दै आलोचना गरे ।
कार्यक्रममा विभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।