चौरीँ देउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा

३ साउन ७७, आइतबार

३ साउन, काभ्रे ।

Advertisement

काभ्रे कोशीपारिको चौँरीदेउराली गाउँपालिकालाई मदिरा निषेधित पालिका घोषणा गरेको छ ।गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र छैटौँ गाउँसभाले घरेलु उत्पादित मदिरा तथा आयातीत सबैखाले मादक पदार्थ ओसारपसार एवं खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध लगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बताए ।

उनका अनुसार सभाले गाउँपालिकाभित्र साउन १ गतेदेखि लागू हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयातीत सबै खाले मादक पदार्थको व्यावसायिक उत्पादन, ओसारपसार तथा खरिद–बिक्रीमा पूर्ण रुपले प्रतिबन्ध एवं निषेध गरिएकाले सम्बन्धित पसल व्यवसायी, ढुवानी व्यवसायी तथा जनसमुदायलाई सो निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Advertisement

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नीति तथा कार्यक्रम र गाउँ सभाले गरेको निर्णयलाई बर्खिलाप हुने गरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानूनअनुसार कार्वाही हुने जनाएको छ ।

पालिकाले गरेको निर्णयमा सहयोग गर्न आम समुदाय र व्यवसायीहरुलाई आग्रह गर्दै पसल व्यवसायीहरुले बिक्री–वितरणका लागि राखिएको मादक पदार्थ स्कट भएमा साउन १५ गतेभित्र नष्ट वा फिर्ता गर्नसमेत आग्रह गरेको छ ।

Advertisement

यसअघि पनि वडा नं ५ ले सो अभियान थालनी गरेकामा अन्य वडाहरुमा निषेध नगर्दा समस्या देखिएको उल्लेख गर्दै वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले अब गाउँपालिकाले नै निषेध गर्ने निर्यण गरेकाले थप हौसला मिलेको बताए ।

जिल्लाका १३ वटा पालिकामध्ये चौँरीदेउराली गाउँपालिकाले नीतिगत रुपमा नै मदिरा निषेध पालिको घोषणा गरेको यो पहिलो हो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top