×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

ठोरीस्थित सीता गुफा क्षेत्रको सीमा-स्तम्भ उखेलेर फालियो

४ श्रावण २०७७

४ साउन, पर्सा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पर्साको ठोरीमा पर्ने उदघोष गरेसँगै एकाएक चर्चामा आएको सीता गुफा क्षेत्रको सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालका अनुसार प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको हो ।

उनले भने-‘ठोरीवासीले शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए । अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिएपछि सबैजना आ-आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केका थियौं । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पायौं ।’

Advertisement
Advertisement

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिहान पूजापाठ हुँदासम्म नेपाल-भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेको बताए । अध्यक्ष श्रेष्ठले भने, ‘हामी बिहानैदेखि पूजापाठमा व्यस्त थियौं । सो समयमा सीमा स्तम्भ सुरक्षित रुपमा नै देखेका थियौं, पूजापाठ सकेर सबै जना फर्किएपछि सीमा स्तम्भ नरहेको खबर पाएँ ।’

गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले अयोध्या भूमिको रुपमा एकाएक चुलिएको चर्चालाई मत्थर पार्न सीमा स्तम्भ उखेल्ने काम भएको हुन सक्ने बताए ।

सीमा स्तम्भ उखेलिएकोबारे माथिल्लो निकायमा जानकारी गराइसकेका प्रहरी निरीक्षक दाहालले बताए । उनले भारततर्फका एसएसबी बल र शसस्त्रको टोलीले उखेलेर फालिएको अवस्थामा फेला परेको सीमा स्तम्भको सुरक्षा गरिरहेको बताए । सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको दाहालले बताए ।

प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो । सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दाले भने यसलाई षडयन्त्रको रुपमा लिएका छन् ।

भगवान राम जन्मेको भनिएको अयोध्या भूमि ठोरीबारे खोज तथा अनुसन्धान हुनुपर्ने चौतर्फी दवाब भइरहेको समयमा सो कामलाई प्रभावित पार्ने तत्वहरुले यो काम गरेको हुने सक्ने उनीहरुको भनाई छ । सीमा स्तम्भको विषयलाई लिएर विवाद खडा गरी सीता गुफा क्षेत्रमा आवात-जावतमा समेत रोक लगाउने ढंगले यो काम भएको हुन सक्ने स्थानीयहरु बताउँछन् ।

Advertisement

अयोध्या भूमिबारे थुप्रै प्रमाणहरु भेटिन थालेपछि भारतीय पक्षले अत्तालिएर सीमा स्तम्भ उखेलेर विवाद सिर्जना गर्न खोजेको ठोरीका नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले बताए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top