ठोरीको सीता गुफा नजिक उखेलिएको सीमास्तम्भ पुनः गाडियो

४ साउन, पर्सा ।
अज्ञात व्यक्तिले उखेलेर फालेको पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडको नेपाल भारत सीमास्तम्भ पुनःगाडिएको छ ।

ठोरीस्थित सीता गुफानजिकैकोे सीमास्तम्भ हिजो उखेलेर फालिएको थियो । उखेलिएको सीमास्तम्भ सशस्त्र प्रहरी, नेपाल प्रहरी र ठोरी गाँउपालिकाका जनप्रतिनिधीले भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे पुरानै स्थानमा गाडिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिए ।

रामको जन्मभूमि ठोरीको आसपासमै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि ठोरी एकाएक चर्चामा आएको छ । नेपाल र भारत सीमा छुटयाउन गाडिएको पूरानो ३५ नम्बर र हाल अध्यावधिक गरिएको ४३६ नम्बरको पिल्लर शनिबार अपरान्ह उखेलेर भारत तर्फको भू–भागमा फालिएको अवस्थामा भेटिएको थियो ।

सीता गुफा रहेको पहाडको सिरानस्थित ४३६ नम्बरको पिल्लर गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भुभागमा उखेलेर फालेको अवस्थामा भेटिएको थियो । सीता गुफामा शनिबार दिउँसो ठोरीका जनप्रतिनिधी र स्थानीयले कलश यात्रा निकालेर धुमधामसँग पूजा गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top