४ साउन, काठमाडौँ ।
सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता भुवन केसी पछिल्लो समय मौन थिए । तर, यसै विषयलाई पक्ष विपक्ष गर्दै कलाकर्मीहरूले आफ्नो विचार राख्दै दुईमा एकको समर्थन गरिरहेका बेला फेरी एक पटक साम्राज्ञी बोलेकी छिन् ।
निर्देशक शोभित बस्नेतले पनि यो विषयमा आफ्नो भनाई राखेपछि उनी बोलेकी हुन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए-‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे अहिले भूवन केसीकै कारणले गर्दा कार चढेर हिड्ने भएकी छिन् । भूवनकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उनैलाई आरोप लगाउन मिल्छ ?’
खाना र छाताको प्रसंग उठाउँदै शोभितले भनेका छन् -‘साम्राज्ञीको मामा रवि बस्नेत निर्माता भएको चलचित्रमा खाना नपाउँदा र छाता ओड्न नपाउँदा गल्ती भूवन केसीको हुन्छ कि रवि बस्नेतको ?’
साम्राज्ञीले यस विषयमा शाभितलाई जवाफ फर्काउँदै भनेकी छिन्- ‘एक जना मानिसले मैले वीरगन्जमा रिक्सा चढेर हिँड्थ्यो भन्नुभएछ । म उहाँलाई त व्यक्तिगत रूपमा चिन्दिनँ । तर, उहाँको छोरा मेरो राम्रो साथी हो । हो, म वीरगन्जमा रहँदा रिक्सा चढ्थेँ । यसपछि, म दिल्लीमा बसेर पढेँ । अहिले काठमाण्डौमा छु । ठुला-ठुला कार चढौँ कि के गरौँ त्यो मेरा कुरा हो । रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’
उनले आफ्नो साथी(सलोन बस्नेत) साथी निकै राम्रो मान्छे भएको तर उसको पिताको मानसिकता सस्तो भएको उल्लेख गरेकी छिन् । उनले ‘कस्तो सस्तो सोचाई’ भन्दै अगाडि भनेकी छिन्-‘मेरो साथी निकै राम्रो मान्छे हुन् । तर, उनको पिताको कस्तो सस्तो मानसिकता हो ?’
उनले कस्ता कस्ता मानिसहरू आफ्नो विरुद्धमा बोलिरहेका छन् ? भनी आफूले दुर्व्यवहार परेको कुरा बाहिर ल्याउँदा उल्टै आफ्नै अपमान र आफूलाई नै नराम्रो देख्नेहरू प्रति प्रश्न तेर्स्याएकी छिन् ।