कतारमा घाममा काम लगाउने थप ३३ कम्पनीलाई कारबाही

४ साउन ७७, सोमबार

योगेन्द्र योगी
५ साउन, दोहा ।

कतारमा दिउँसोकाे घाममा काम लगाउने थप ३३ कम्पनी कारवाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई काममा लगाएको पाइएपछि ती कम्पनीहरू कारवाहीमा परेका हुन् ।

मन्त्रालयले जुलाई ५ देखि १६ तारिख सम्म निरीक्षण ३३ वटा कम्पनी कारवाहीमा परेका जनाएको छ । यसअघि १४० वटा कम्पनीलाई कारवाही गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

कतारको २००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकोले बाहिर काममा लगाउन पाइँदैन् ।

कारवाहीमा परेका कम्पनीहरूलाई अबदेखि निषेधित समयमा काममा नलगाउन चेतावनी दिँदै ३ दिन काम रोक्नुपर्ने सजाय दिइएको मन्त्रालयले जनाएको छ ।

Advertisement

कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top