×

NEPAL TIMES UPDATES

Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026

पाल्पा–बुटवल खण्डमा पहिरोको जोखिम बढेपछि राति यात्रा नगर्न प्रशासनको आग्रह

५ श्रावण २०७७

५ साउन, पाल्पा ।
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डमा पहिरोको जोखिम बढेपछि सोमबारदेखि रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।

जतिबेला पनि ढुंगा र पहिरो खस्न सक्ने भन्दै सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो । बेलुकी ८ बजेबाट बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बर्तुङदेखि बुटवलसम्म यात्रा नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सडकका विभिन्न स्थानमा माथिल्लो भागबाट ढुंगा र पहिरो खसेको र रातिको समयमा देख्न नसकिने भएकाले सर्वसाधारणलाई केही दिनका लागि रातिमा यात्रा नगर्न आग्रह गरेको बताए ।

एक सातादेखि पटकपटक पहिरो खस्ने गरेको र पुनः पहिरोको माथिल्लो भागबाट ढुंगा झर्न सुरु भएकाले अँध्यारोमा यात्रा नगर्न आग्रह गरिएको उनले बताए । विगत केही दिनदेखि परिरहेको वर्षा र जल तथा मौसम विज्ञान विभागले पनि केही दिन पानी पर्ने जनाएकाले रातिमा यात्रा गर्न खतरा भएको प्रहरी उपरीक्षक दीपक खरेलले बताए ।

सिद्धार्थ राजमार्गको गौडेपुल, कालीमाटी, चर्चरे, चौविसमाइल, हिउँदेखोला, पानीमिल, दोभान, सिद्धबाबालगायतका स्थानमा पहिरो खस्ने सम्भावना बढी रहेको सडक डिभिजनले जनाएको छ ।

खराब मौसमका कारण पुनः पहिरो जान सक्ने अवस्थालाइ ध्यानमा राखेर सावधानी अपनाउन प्रहरी र प्रशासनले सूचना जारी गरेको हो । एम्बुलेन्स, बिरामी बोकेका सवारी साधन साथै अत्यावश्यक काममा हिँड्ने बाहेक अन्यले यात्रा नगर्न आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए ।

अत्यावश्यक अवस्थामा बाहेक यात्रा गर्दा नजिकको प्रहरी युनिट र प्रशासनमा जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको उनले बताए ।

फेरि खस्यो पहिरो

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुनः पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार अपरान्ह ५ बजे पहिरो हटाएर यातायात सुचारु भएको तीन घण्टापछि ८ बजेबाट सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । शुक्रबार बिहान झरेको पहिरो हटाएर यातायात सुचारु भएको केही छिनमै पुनः पहिरो खसेको हो ।

वर्षा रोकिएपछि अवरुद्ध राजमार्ग खुलाउन प्रयास गरिने प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top