×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

साउन दोस्रो सोमबारबाट सामाजिक दुरी कायम गर्दै पशुपति खोल्ने तयारी

५ श्रावण २०७७

५ साउन, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले साउनको दोस्रो सोमबारबाट दर्शन खुला गर्न सक्ने जनाएको छ ।

हिन्दु धर्मावलम्बीका लागि साउनभरी व्रत बस्ने र सोमबारका दिन महादेवको दर्शन गर्ने परम्परा रहिआएकोमा हरेक विगतका वर्षहरुमा देशका विभिन्न शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । यसवर्ष भने महामारीका कारण मन्दिर, विद्यालय लगायत भीडभाड हुने स्थानहरु बन्द रहेका छन् ।

Advertisement
Advertisement

श्रद्धालु भक्तजनलाई दर्शनका निम्ति आवश्यक प्रोटोकल निर्माण गरी तयारी अवस्थामा रहेको कोषका सदस्य–सचिव प्रदीप ढकालले जनाएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन जारी भएको लकडाउन यता पशुपतिनाथको मूल मन्दिरमा दैनिक नित्य पूजा मात्र हुँदै आएको छ । त्यसैगरी पशुपति वाग्मती आरती सेवा समितिले आर्यघाट पारिपाट्टि हरेक दिन सन्ध्याकालीन आरती जारी राखेको छ ।

कोषले मन्दिरको बाहिरी ढोकादेखि भित्रको मुख्य मन्दिरसम्म जाने र फर्किने अलग अलग ¥याम्प विस्तार गरेको छ । भक्तजनलाई फूल प्रसाद नलिई भौतिक दूरी कायम गर्दै मूल मन्दिरको ¥याम्पबाट दर्शन गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । मन्दिर बाहिर केही ठाउँमा हात धुने ठाउँ र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा भएकाले श्रद्धालु भक्तजनहरू स्वयं सचेत हुन जरुरी रहेको सदस्य सचीव ढकाल बताउँछन् । भक्तजनहरुले विषम परिस्थितिलाई ख्याल गरेर आपैmले धेरै भीडभाड नगर्ने, सुरक्षाका निम्ति अपनाइएका विधिहरूको पालना गर्नुपर्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top