×

NEPAL TIMES UPDATES

Playing
Gagan Thapaले कांग्रेस सभापति पदबाट राजीनामा, अब के हुन्छ ?|| Nepal Times
Mar 19, 2026
Playing
३५ मिनेटमा राजनीति हल्लियो: रविको भाषण ट्रेन्डिङ!|| Nepal Times #rabilamichhane #rsp #nepal
Mar 18, 2026
Playing
रास्वपाको कार्यक्रममा किन गएनन् बालेन ? नभ्याएर कि नचाहेर || Nepal Times
Mar 18, 2026
Playing
इरानीहरुको नरसंहारमा ट्रम्पलाई गोप्य सहयोग गर्दैछन् खाडी देश ? || Nepal Times
Mar 18, 2026
Playing
मोज्ताबाको अधूरो राजतिलक, इरानी पवित्र शहर कुममा विरोध|| Nepal Times
Mar 18, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-04-2082 || Nepal Times
Mar 18, 2026
Playing
स्वर्णिमकै काँधमा अर्थतन्त्र, गृहमा दुईको दाबी, रविले विज्ञ मन्त्री छान्ने || Nepal Times
Mar 18, 2026
Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

५ श्रावण २०७७

५ साउन, काठमाडौँ ।

सौरमास अनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।

Advertisement

असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो । असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे ।

मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए । उनका अनुसार धेरै भक्तजनले मास्कसमेत लगाएका थिएनन् । पशुपति क्षेत्रका अन्य शिवालयमा पूजा आराधना एवं दर्शन गर्न भक्तजन आतुर देखिन्थे । साउने झरी भए पनि बिहानै भक्तजन पशुपति क्षेत्र पुगेका थिए ।

मूल मन्दिर नखुले पनि बाहिरबाटै दर्शन गरेर फर्किएको ललितपुर, कुपण्डोलबाट आएका दर्शनार्थी पार्वती राउतले बताइन् । साउनमा मन्दिरभित्रै गएर दर्शन गर्न पाए हुने भन्ने चाहनाले आफू पशुपति पुगेको उनको भनाइ थियो ।

मूल मन्दिरभित्र गएर दर्शनका लागि खुला गर्न सरकारले गर्ने निर्णयमा भर पर्ने कोषका सदस्य सचिव डा.प्रदीप ढकाल बताउँछन् । सरकारले मन्दिर क्षेत्र खुला गरे भक्तजनलाई सुरक्षा विधि अपनाएर दर्शन गराउने गरी तयारी भइसकेको उनले जानकारी दिए । राजधानीका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन दर्शन गर्न पुगेका थिए ।

गोकर्णेश्वरमा बालयन्त्र
गोकर्णेश्वरमा साउनदेखि नै परम्परानुसार बाजासहित पूजा र आरती पुनः शुरु भएको छ । गोकर्णेश्वर महादेवको गुठीका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा रैकर भएपछि यो परम्परा टुटेको थियो । गोकर्णेश्वर नगरपालिकाले रु ७५ लाख अक्षय कोष स्थापना गरी यो परम्परालाई पुनःस्थापना गरेको हो ।

पशुपतिनाथ र गोकर्णेश्वरमा विगतमा एकै प्रकारले पूजाराधना गर्ने गरिए पनि गुठी मासिएसँगै त्यो परम्परा हराएकाले हाल गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले खोजबिन अघि बढाएको अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्र पूजााराधना हुन्छ । दुवैको एकापसमा सम्बन्ध छ ।

नगरपालिका वडा नं ४ को अध्यक्षसमेत रहेका गोकर्णेश्वर मन्दिर प्रबन्ध समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुठी रैकर गर्दा पूजा चलाउन छुट्याइएको स्रोत कहाँ छ भनी गुठी संस्थान काठमाडौँ शाखालाई पत्राचार गरिएको छ । जग्गा रैकर गर्दा मोहीले राखेको रकमको ७० प्रतिशत मन्दिरको परम्परा चलाउन दिनुपर्नेमा त्यस्तो हुन नसकेको उनले जानकारी दिए ।

साउने सोमबार व्रत शुरु

धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर देवाधिदेव महादेवको पूजाराधना गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउँछन् ।

परम्परानुसार कुनै कुलविशेषले चान्द्रमासअनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार सोमबार परेका छन् । नयाँ व्रत पाँच सोमबार परेको वर्षदेखि शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने अध्यक्ष गौतमले जानकारी दिए । शास्त्रीय मान्यतानुसार चार सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने ‘शिवपुराण’लगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिलापुरुष दुवैले यो व्रत गर्न सक्छन् । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।

आजदेखि साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापन गर्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउन भक्तजनको भीड लाग्छद्ध । वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाका कारण त्यससमेत प्रभावित हुने भएको छ ।

भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा नगर्ने घोषणा गरिसकेका छन् । धेरै नेपालीले वर्षमा एकपटक साउनमा घरमा वैदिक रुद्राभिषेकसमेत गर्छन् । साउनमा नभ्याउनेले अनुकूलतानुसारको महिनामा गर्ने परम्परासमेत छ ।रासस

भर्खरको समाचार

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

सम्बन्धित खबरहरु

Scroll to Top