खुमलटार बैठकको निष्कर्ष : ओलीसँगै मिलेर अगाडि बढौं

खुमलटार बैठकको निष्कर्ष : ओलीसँगै मिलेर अगाडि बढौं

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरूले पार्टी एकतालाई सुदृढ र रक्षा गर्न पनि ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

सोमबार दाहाल निवास खुमलटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तालगायतका विषयमा दाहालले आफू निकटका नेताहरूलाई ब्रिफिङ गरेका छन् । सोही क्रममा दाहाल निकट अधिकांश नेताहरूले दुई अध्यक्ष मिलेरै पार्टीको एकतालाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

तर, बैठकमा सहभागीहरूले अध्यक्ष ओलीले मंसिरमा प्रस्ताव गरेको महाधिवेशनलाई भने समर्थन गर्न नसकिने स्पष्ट पारेका थिए । सहभागीहरूले अध्यक्ष प्रचण्डसँगको छलफलमा मंसिरमा पार्टीको एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकाल्दै अर्का अध्यक्ष ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएको सहभागी एक नेताले बताए ।

‘हिजो पार्टी एकता गर्दा अध्यक्ष ओलीसँग मिलेरै गरिएको हो, पार्टी एकता जोगाउँदै सामूहिक निर्णयकै आधारमा अगाडि बढ्ने हो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘माधवसहितका नेताहरूसँग मिलेर विधि, पद्धतिअनुसार पार्टी र सरकारको काम अगाडि बढाउन खोजिएको मात्रै हो ।’ ,यो खबर अजाको राजधानी दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.