पोखरा–बागलुङ सडकखण्डमा खसेको पहिरो हटाउने प्रयास जारी

५ साउन ७७, मंगलबार

६ साउन, पर्वत । पर्वतको कुश्मा नगरपालिका–२, नयाँ पुलमा पहिरो जाँदा अबरुद्ध भउको सडक प्रहरीको संयोजनमा खुलाउने प्रयास जारी छ ।

गएराति पोखरा–बागलुङ सडकखण्डमा ठूलो ढुंगा खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । अबरुद्ध बाटोलाई जिल्ला प्रहरी कार्यालय, पर्वतबाट ५ जनाको टोली समेत खटाएर स्काभेटरको प्रयोगबाट खुलाउने प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार हाल बाटोको केही अंश खुलिसकेको छ र साना सवारीसाधन सूचारु भएका छन् । बाटो पूर्ण रुपमा खुलाउन प्रयाु जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top