उपसभामुखको तत्काल निर्वाचन गराउन सभामुखको ध्यानाकर्षण

५ साउन ७७, मंगलबार

६ साउन, काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले राजनैतिक र राज्यका संरचनाका हरेक नीति निर्माण तहमा महिलाको अनिवार्य सहभागिता गराउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।

सञ्जालले लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समृद्ध र समुन्नत समाजका लागि नीति निर्माण तहमा महिलाहरुको अनिवार्य सहभागिता गराउन सभामुख अग्नि प्रसाद सापकोटाको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा सभामुखको निर्वाचन भएको लामो समय वित्दा समेत उपसभामुख पद रिक्त भएको प्रति सञ्जालको गम्भिर ध्यानाकर्षण भएको महासचिव नीलम वर्माले बताइन् । उनले यथासिघ्र उपसभामुखको निर्वाचन गराउन पनि सभामुखको ध्यानाकर्षण गराइन् ।

संविधान कार्यान्वयनका क्रममा निर्माण भइरहेका कानूनहरु संघीय निजामति सेवा, शिक्षा सेवा, विशेष सेवा लगायतका विधेयकहरुमा पदपूर्ति सम्बन्धि व्यवस्थाको प्रावधान परिवर्तन गरी संविधानको भावना अनुसार महिला प्रतिनिधित्व वृद्धि हुने व्यवस्था गर्न पनि सञ्जालले अनुरोध गरेको छ ।

Advertisement

सभामुख सापकोटाले आफु निर्वाचित भएपछि लगायतार उपसभामुखको निर्वाचनका लागि सत्तारुढ दलका नेताहरुसँग छलफलमा रहेको बताए । प्रधानमन्त्री समेत रहनुभएका सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु भेटेर आफुले पटक पटक उपसभामुखको निर्वाचनका लागि कुरा राखेपनि अहिलेसम्म निर्वाचन हुन नसकेको बताए ।

उपसभामुखको निर्वाचन गराउने आफ्नो मुख्य काम भएपनि सभामुखको हैसियतले प्रधानमन्त्री लगायतका नेताहरुसँग निरन्तर छलफल गरेपनि त्यसले सार्थकता नपाएको उनले बताए ।

Advertisement

सञ्चालले नीति निर्माण र कार्यान्वयन तहमा सहभागित नगराई राष्ट्र निर्माणको काम पुरा नहुने बताएको छ । आर्थिक, सामाजिक, सांस्कृति रुपान्तरणका साथ गरिने राज्यको पुनरसंरचना र त्यसबाट बन्ने समृद्ध र समुन्नत नेपालका लागि महिलाहरुको सहभागिता अनिवार्य रहेको सञ्जालले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top