६ साउन, काठमाडौं । मंगलबार १ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै अहिलेसम्म नेपालमा कुल १७ हजार ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमित मध्ये हाल ५ हजार ४ सय ७७ वटा सक्रिय केशहरु छन् ।
पछिल्लो २४ घण्टामा ६ सय ९ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १२ हजार ४ सय ७७ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।