रौतहटबाट स्राेत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ

६ साउन ७७, बुधबार

६ साउन, रौतहट ।
रौतहटकाे ईशनाथ नगरपालिका-४ स्थितबाट श्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित ईशनाथ नगरपालिका-४ बस्ने १९ वर्षीय पवन कुमार सिन्हालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

साथै उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४ लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top