७ साउन, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी नागढुङगास्थित भिरबाट पहिरो खस्दा मुस्ताङ जान हिँडेका पैदल यात्रीहरु पहिरोमा परेको आशंकामा प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको छ ।
सो पहिरोमा पैदल यात्रीहरु परेको जानकारी स्थानीय प्रशासनलाई गराएपछि सीमा प्रहरी चौकी भुरुङ तातोपानीबाट प्रहरी टोली परिचालन भएको पनि प्रहरीले जानकारी दिएको छ । (रासस)
