कोरोनाका कारण राजविराजमा निषेधाज्ञा

७ साउन, सप्तरी ।
गत शुक्रबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारसँग सम्पर्कमा आएका थप १३ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ । कोरोनाबाट वृद्धको मृत्यु भएपछि उनका परिवारका सदस्यको पनि कोरोना परीक्षण गर्दा पाँचै जना सदस्यलाई संक्रमण देखिएको थियो ।

त्यसपछि परिवारसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । १३ जना संक्रमित नै राजविराजका हुन् । उनीहरूमध्ये ७ जना पुरूष र ६ जना महिला छन् । जसमा १५ वर्षदेखि ६३ वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये गजेन्द्रनारायण अस्पतालका एक जना स्टाफ नर्स र एक जना कुचिकार छन् । यादवका अनुसार संक्रमित नर्सका श्रीमान मृतक वृद्धका छोरासँगै कम्प्युटर इन्स्टिच्युट चलाउँछन् । मृतकका छोरामा संक्रमण पुष्टि भएपछि इन्स्टिच्युटमा काम गर्ने ती व्यक्तिको पनि परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको छ । पछि स्टाफ नर्स समेत रहेकी उनकी श्रीमतीको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।

यसअघि पनि मृतक वृद्धको पसलका दुई जना कामदारमा संक्रमण देखिएको थियो । मृतक वृद्धको ग्यास र खाद्य बीउ भण्डारको पसल छ । उनलाई सुरूमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पु¥याइएकोमा गत शुक्रबार उनको मृत्यु भएको थियो ।

Advertisement

राजविराजमा संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराजमा लागू हुने गरी बिहीबारदेखि निषेधज्ञा जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा अर्को आदेश नआइन्जेलको लागि रोक लगाइएको जनाएको छ । मृतकपछि उनको परिवार र अन्य सदस्यमा पनि संक्रमण देखिएपछि यादवले कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । मंगलबारै १ सय २० जनाको स्वाब संकलन गरेको बताउँदै उनले कुल ३ सय जनाको स्वाब लिनुपर्ने बताएका छन ।

पछिल्लो समय सप्तरीमा गुणत्मक रुपमा संक्रमण बढ्ेको देखिएको छ । लकडाउनका समयमा पनि आवागमन र सावधानी र सचेत नबन्दा संक्रमण फैलिउको चिकित्सकहरुले बताएका छन । असामन्यरुपमा फैलिएको संक्रमणबाट बच्न सप्तरीवासीले स्वास्थ्य सावधानी अपनाउनुपर्ने उनीहरुले सुझाव दिएका छन ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top