७ साउन, सप्तरी ।
गत शुक्रबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारसँग सम्पर्कमा आएका थप १३ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ । कोरोनाबाट वृद्धको मृत्यु भएपछि उनका परिवारका सदस्यको पनि कोरोना परीक्षण गर्दा पाँचै जना सदस्यलाई संक्रमण देखिएको थियो ।
त्यसपछि परिवारसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए । १३ जना संक्रमित नै राजविराजका हुन् । उनीहरूमध्ये ७ जना पुरूष र ६ जना महिला छन् । जसमा १५ वर्षदेखि ६३ वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये गजेन्द्रनारायण अस्पतालका एक जना स्टाफ नर्स र एक जना कुचिकार छन् । यादवका अनुसार संक्रमित नर्सका श्रीमान मृतक वृद्धका छोरासँगै कम्प्युटर इन्स्टिच्युट चलाउँछन् । मृतकका छोरामा संक्रमण पुष्टि भएपछि इन्स्टिच्युटमा काम गर्ने ती व्यक्तिको पनि परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको छ । पछि स्टाफ नर्स समेत रहेकी उनकी श्रीमतीको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।
यसअघि पनि मृतक वृद्धको पसलका दुई जना कामदारमा संक्रमण देखिएको थियो । मृतक वृद्धको ग्यास र खाद्य बीउ भण्डारको पसल छ । उनलाई सुरूमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पु¥याइएकोमा गत शुक्रबार उनको मृत्यु भएको थियो ।
राजविराजमा संक्रमण दर बढेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराजमा लागू हुने गरी बिहीबारदेखि निषेधज्ञा जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा अर्को आदेश नआइन्जेलको लागि रोक लगाइएको जनाएको छ । मृतकपछि उनको परिवार र अन्य सदस्यमा पनि संक्रमण देखिएपछि यादवले कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्ने बताए । मंगलबारै १ सय २० जनाको स्वाब संकलन गरेको बताउँदै उनले कुल ३ सय जनाको स्वाब लिनुपर्ने बताएका छन ।
पछिल्लो समय सप्तरीमा गुणत्मक रुपमा संक्रमण बढ्ेको देखिएको छ । लकडाउनका समयमा पनि आवागमन र सावधानी र सचेत नबन्दा संक्रमण फैलिउको चिकित्सकहरुले बताएका छन । असामन्यरुपमा फैलिएको संक्रमणबाट बच्न सप्तरीवासीले स्वास्थ्य सावधानी अपनाउनुपर्ने उनीहरुले सुझाव दिएका छन ।