×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भदौ १ का लागि टिकट बुकिङ खुला, ४ घण्टा अघि नै एयरपोर्ट पुग्नुपर्ने

८ श्रावण २०७७

८ साउन, काठमाडौं । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् ।

लकडाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका छन् । संक्रमणको जोखिम रहेकै अवस्थामा सञ्चालन हुने हवाई सेवालाई सुरक्षित बनाउन एयरलाइन्सहरुले आफ्नो तयारी गरिरहेका हुन् ।

Advertisement
Advertisement

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुज रिमालले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न आग्रह गरे । सम्पूर्ण सुरक्षाका उपाय आफुहरुले अपनाएकाले ढुक्क भएर यात्रा गर्न उनले आग्रह गरे ।

उनले भने, ‘प्यासेन्जर ढुक्क भए हुन्छ । सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ । मास्क, स्यानिटाइजर, डिसइन्फेक्सन भएको जहाजमा चढ्दा कोभिडको हिसाबले कुनै असुरक्षा हुने अवस्था छैन् ।’

कोभिड अगाडिको अवस्था भन्दा अहिले १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको छ । सुरक्षा जाँच देखि लिएर सम्पूर्ण प्रोटोकल पुरा गर्न समय लाग्ने भएकाले पहिलेको समयभन्दा १ घण्टा अगाडी नै यात्रुहरुलाई बोलाइएको हो । यात्रुहरुले कोभिड अगाडि कै मूल्यमा विमानमा यात्रा गर्न पाउने उनले बताए ।

यति एयरलाइनले व्यावसायिक उडानका लागि बुकिङ खुलाएको छ । साथै तारा एयरको बुकिङ खुला गरिएको छ । आगामी भदौ १ देखिको बुकिङ खुला गरेको उनले बताए । विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने, चेक इन गर्दा १ सय दशमलव ४ डिग्री भन्दा बढी तापक्रम भएमा यात्रा प्रतिवन्ध लगाइने गरि यसअघि नै प्राटोकल बनिसकेको छ ।

Advertisement

कोभिडसँग सम्बन्धित कुनै पनि लक्षण देखिएमा यात्रा गर्न नपाइने भएको छ । यस्तै विमानभित्र यसअघि उपलब्ध सम्पूर्ण सेवाहरु निषेध गर्दै शौचालय प्रयोगमा पनि पूर्ण निषेध गरिएको छ । यात्रुहरुले विमान चढ्नुअघि अनिवार्य एयरलाइन्सले उपलब्ध गराएको स्यानीटाइटर प्रयोग गर्नुपर्ने छ । कुकुर विरालो जस्ता कुनै पनि घर पालुवा जनावर ओसार पोसार गर्न पाइने छेन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top