×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच आज पनि छलफल

९ श्रावण २०७७

९ साउन, काठमाडौं । सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि बिहान छलफल भएको छ ।

ओलीसँग छलफल गर्न प्रचण्ड ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा दुई अध्यक्षबीच झन्डै दुई घन्टा लामो कुराकानी भएको थियो । १३ गते बस्ने स्थायी समिति बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा दुई अध्यक्षबीच आज छलफल भएको स्रोतले बताएको छ ।

Advertisement
Advertisement

नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले पार्टी र सरकार हाँक्न नसकेको भन्दै राजीनामा मागेका छन्।

दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरूको माग ओलीले अस्वीकार गर्दै आएका छन्। यही विवादको कसरी समाधान गर्ने भन्नेबारे दुई अध्यक्षबीच पटक-पटक कुराकानी भएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले मंसिरमा पार्टी महाधिवेशन गरेर प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव गरेका छन्। प्रचण्डले भने उक्त प्रस्तावमा आफू सहमत नभएको नेपालपक्ष र आफूनिकट स्थायी समिति सदस्यलाई स्पष्टिकरण दिएका छन्। नेकपा स्थायी समिति बैठक साउन १३ गतेका लागि बोलाइएको छ ।

Advertisement

यसैबीच प्रचण्डसँगको भेटअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि बालुवाटारमा कुराकानी गरेका थिए। ओली-देउवा भेटमा भएको कुराकानीबारे खुलाइएको छैन। दुई नेताबीच बिहीबार पनि भेट भएको थियो।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top